१८ असोज , कलैया । चाँडबाँडको मुखमा खाद्यवस्तुमा कालोबजारी धन्धा व्यापक देखिन थालेको छ। हुनत यो व्यापरीहरुले राज्श्व छल्ने र उपभोक्ता ठग्ने नौलो होईन।
बाराको कलैया स्थित केही चामल उधोगीहरुले लामो समय देखि कालोबजारी गर्दै उपभोक्तालाई झुक्याउदै ठगी गर्दै आएको रहस्य बाहिरिएको छ । कुहेको चामल बोरामा प्याक अखाद्य वस्तु चाँडपर्वको मौकामा एक नम्वर चामल भनेर उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गरिरहेको नापतौल तथा गुणस्तर विभागले जनाएको छ।
कलैया उप महानगरपालिकामा संचालित ओम कैलाश खाद उधोगद्धारा उत्पादित ओम डबल ब्रान्डको मन्सुली चामलको बोरा फेला परेको छ।
प्याक गरिएको चामलको बोरामा उत्पादन मिति छैन, म्याद गुजर्ने मिति र ब्याच नम्बरको साथै बिक्री मुल्य सेमेत नराखी निर्वाद रुपमा बिक्रीवितरण गर्दै आएको छ ।
यसरी उत्पादन मिति नै न राखी कुनै पनि खद्यान सामग्री बिक्रिवितरण गैर कानुनीर कालोबजारी अन्तरगत भएकोले यस्ता कार्य गर्न गराउने उधोगी र ब्यपारीलाइ कार्वाही हुने बजार अनुगम समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी छबीरमण भट्टराईले जनाएका छ्न ।
एक हप्ता अघि बजारबाट धेरै मूल्य लिने , म्याद नाघेका खाद्यवस्तु पसलबाट बरामद गरि जरिवाना काटि निर्देशन दिएको नवित्दै गुणस्तरहिन खाद्य वस्तु बजारमा छ्याप् छ्याप्ति बेचबिखन हुदै उपभोक्ता ठगिन बाध्य भएका छन्।
केही दिन अगाडि मात्रै सो ब्रान्डको ६० बोरा चामल हेटौंडा अगाडि चितवनको मन्हरीमा पक्राउ परेको कुरा त्यहाँको उपभोक्ता हकहित संरक्षण मन्चले जानकारी गराएको छ ।
यस्ता चामलको बोरा कलैया बजारको किराना पसलहरुमा बिक्री वितरण हुँदै आएको देखिन्छ । निरन्तर बजार र साना तथा ठुला उधोगहरुको अनुगमन नहुदा बजार र उधोगीहरुबाट उपभोक्ता ठ्गिदै आएको उपभोक्ता हकहित संरक्षण मंच बाराका उपाध्यक्ष हरिओम साह बताएका छ्न