बेथितिका विरुद्ध प्रेस चौतारीद्धारा पत्रकार महासंघ बाराको कार्यालयमा तालाबन्दी

३० भााद्र , कलैया । प्रेस चौतारी नेपाल बारा शाखाले आइतबार नेपाल पत्रकार महासंघ बारा शाखामा ताला लगएको छ।

शनिवर राती केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको महासंघका सदस्यता नामावलीमा असन्तुष्टी जनाउँदै कलैया स्थित कार्यालयमा चौतारी बाराले तालाबन्दी गरेको हो ।

शुद्धिकरणका नाममा सक्रिय पत्रकारलाई पाखा लगाएर केही निष्क्रिय व्यक्तिलाई समावेश गर्दै  नामावली सार्वजनिक गरिएपछि चौतारी बाराले आपत्ति जनाएको हो । महासंघको शुद्धिकरण अभियानको सुरुवातदेखि सहकार्य गर्दै आएपनि अन्तिम समयमा छलफलनै नगरी एकलौटी र एकतर्फी ढंगले गैरपत्रकारको समावेश गरी नामावली सार्वजनिक गरेको भन्दै चौतारी बाराले विरोध गरेको हो ।
महासंघको कार्यालयमा तालाबन्दी गर्दै चौतारी बाराले विज्ञप्ति जारी गरेर शुद्धिकरणका नाममा सक्रिय पत्रकारलाई पाखा लगाउने गरी आएको नामावली सच्याउन माग गरेको छ । अध्यक्ष दिवाकर भण्डारी र सचिव जिउतप्रसाद यादवद्धारा जारी विज्ञप्ति मार्फत चौतारीले सक्रिय पत्रकारलाई पाखा लगाएर गरिएको शुद्धिकरणको कुनै औचित्य नरहेको उल्लेख गर्दै उक्त नामावली सच्याउन माग गरेको हो ।
पत्रकारितामा सक्रिय रहेका व्यक्तिलाई पाखा लगाएर गर्न लागिएको निर्वाचनमा सहभागी नहुने उल्लेख गर्दै चौतारीले सक्रिय पत्रकारलाई समावेश नगरेसम्म तालाबन्दी नखुल्ने समेत जनाएको छ ।

चौतारीले आफूहरुको माग पूरा नभएसम्म बारामा पत्रकार महासंघको निर्वाचनको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको छ भने जबरजस्ती निर्वाचन गर्न खोजिए त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिएको छ ।

चौतारी बाराका अध्यक्ष भण्डारीले पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलाई निर्वाचनको प्रक्रिया अगाडि नबढाउन ध्यानाकर्षण समेत गराएका छन् । बेथितिका विरुद्ध चौतारीले महासंघमा नचाहदा चाहदै पनि ताल्चा लाउन परेको अध्यक्ष भण्डारीले बताएका छन्।

अध्यक्ष भण्डारीको नेतृत्वमा महासंघको कार्यालय पुगेका प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष लक्ष्मी साह, प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद् पुष्पराज खतिवडा, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, सहसचिव दुष्यन्त चौधरी, कोषाध्यक्ष श्याम गुप्ता, कार्यसमिति सदस्य पन्नालाल दास, चौतारी बाराका सचिव जिउत यादव, सहसचिव इन्दिप कोईराला, कोषाध्यक्ष थानेश्वर सापकोटा, सदस्य धिरेन्द्र तिवारी लगायत तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *