पशुबलि विरुद्ध कलैयामा शान्तिपुर्ण पदयात्रा

२८ भाद्र , कलैया। बाराको कलैयामा आज पशु कल्याण संघ, नेपाल एवम् स्नेहा केयरको संयुक्त आयोजना तथा महिला विकास मञ्चको बाराको सहकार्यमा निकालिएको पशु वलि विरुद्ध शान्तिपुर्ण पदयात्रा निकालेकि छ। सयौंको संख्यामा सहभागि महिला र्याली बजार परिक्रमा गरेका थिए।

गढीमाई मेलामा भारी संख्यामा पशु पंक्षिको बलि चढाइन्छ।  “वलि पशुको होईन, अन्धविश्वासको दिऔ” संदेशमुलक मुल नारा सहित विभिन्न प्लेकार्ड र बैनर सहित पशु वलि रोक्न अभियानको स्वरुप र्याली निकालिएको स्नेहा केयरकी स्नेहा श्रेष्ठले जानकारी गराईन्।

दु:ख पीडा सन्तान प्राप्तीको कामना पूरा हेतु महिलाहरुले नै पशु वलि भाकल गर्ने गरेको धार्मिक चलिआएको परम्परागत मान्यतालाई निरुत्साहित गर्न महिलाहरुको उल्लेख्य सहभागिता सहितको पदयात्रा निकालिएको हो।

र्यालीमा सहभागिजन रामजानकी मन्दिरको प्राङ्गणमा गोलबद्ध भएका भेलामा महिला विकास मञ्चकी अध्यक्ष कलावती पासवान सहित पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठ लगायत प्रतिनिधिले आफ्ना मन्तव्य राखेका थिए।

मंसिरमा लाग्ने गढीमा पञ्चवर्षिय मेलालाई लक्षित पशुवली बन्द गरौ, जीव हिंसा नगरौ, पशु बलि दिदैनौ, जस्ता नारा लगाएका थिए।

मन्दिरमा देवीलाई भाकल स्वरुप बोका, पाडा, परेवा, हाँस, कुखुरा जस्ता निमुखा जनावरको वलि दिनु पशुको बाँच्ने अधिकार हनन् र जीव जन्तु प्रती अन्याय हो, यसको सट्टा नारिवल ,फलफुल, मिठाई , चुनरी  रुपैया मातालाई प्रसाद चढाई पुजापाठ आफ्ना सन्तान श्रीमान  घर परिवारको सुख शान्ति समृद्धिको लागि जीवन रक्षा गर्नु मानिसमा सचेतना फैलाउनुका साथै वलि न्युनिकरण कार्यक्रमको मुख्य उद्देश्य रहेको सहकार्य संस्था मञ्चकी अध्यक्ष पासवानले उपस्थित माझ आफ्ना धारणा सुनाईन्।

सर्बोच्च अदालतले मन्दिरमा चढने पशुबलि निषेध गर्ने निर्देश गरेकोमा यसलाई सम्बन्धित समुदायमा जनचेतना मार्फत गढीमाईको मेलामा हजारौ पशुको जीवन रक्षा र अहिंसा परमो धर्म अपनाउन मानवीय परम धर्म अंगिकार गर्न केयरकी श्रेष्ठले अपिल गरेकी छन्।

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा गढिमाईको पञ्चवर्षिय मेलामा २० औं लाख दर्शनार्थीसँगै भाकलको रुपमा चढ्ने हजारौ पशु वलिले नै विश्वप्रसिद्धि कमाएको छ।

गत मेला सनेत लिटिल बुद्धको नामले परिचित रामबहादुर बम्जनको पशुबलि रोक्ने प्रयास असपोल रहे।

 

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *