पेट्रोलियम पदार्थको मूल्य घटयो

दाश पन्न्नालाल
1 Min Read

३० भदौ, काठमाडौं । नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ।  पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले रआज १२ बजे राती देखि  लागु हुने गरि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको निगले विज्ञप्ति मार्फत जानकारी गराएको हो।

नयाँ मुल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ ।

त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *