बकुलियाबाट तीन बालबालिका बेपत्ता
जितपुरसिमरा, भदौ २८ — बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट एकै परिवारका तीन बालबालिका हराएका छन्।
भारत घर भई हाल बकुलियामा बस्दै आएका मुकेश पासवानका तीन छोराछोरी भदौ २८ गते बिहानदेखि सम्पर्कविहीन भएका हुन्।
हराउनेमा ५ वर्षीय धिरज पासवान, ७ वर्षीया सुन्दरी पासवान र १० वर्षीया काजल पासवान रहेका छन्।
प्रहरीका अनुसार उनीहरू बिहान करिब ५ बजेदेखि हराएका हुन्। धिरज गहुँगोरो वर्णका, कालो र ठूलो कपाल भएका छन्।
उनले खैरो जिन्स पाइन्ट र पहेँलो सर्ट लगाएका थिए। उनी चप्पल नलगाएको अवस्थामा हराएका हुन्। सुन्दरी गहुँगोरो वर्णकी र कालो कपाल भएकी छन्।
उनले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी थिइन्। काजल पनि गहुँगोरो वर्णकी र कालो कपाल भएकी छन्। उनले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी थिइन्। तीनै बालबालिकाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई देख्ने वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। सम्पर्क नम्बर: जिल्ला प्रहरी कार्यालय बारा — ९८५५०४८१०१ / ९८५५०४५१०१
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0