Category: कृषि

  • संघिय गृहमन्त्री रमेश लेखकले गरे गढीमाईको दर्शन अवलोकन , मेलामा शान्ति सुरक्षामा चुक नहोस प्रहरी प्रशासनलाई गृहमन्त्री लेखकको निर्देशन

    संघिय गृहमन्त्री रमेश लेखकले गरे गढीमाईको दर्शन अवलोकन , मेलामा शान्ति सुरक्षामा चुक नहोस प्रहरी प्रशासनलाई गृहमन्त्री लेखकको निर्देशन

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    १९ मसिर, गढीमाई मेला बरियारपुर—-  नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले आज गढीमाईको दर्शन पुजा गरेका छन्।

    बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाईको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा शान्ति सुरक्षाको निरिक्षण गरेेका हुन्।

    गृहमन्त्री  लेखकले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गरेका छन्

    ।विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगायत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री  लेखकको भनाई रहेको छ।

    ।गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताएका छन।

    गढीमाई मेला पाँच बर्षमा एक पटक लाग्ने भएकोले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री रमेश लेखकले सन्चारकर्मीहरु संगको कुराकानीमा बताए ।

    महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवसँग गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा ब्यवस्थापनको बारेमा जानकारी लिएका छन्।

    गृहमन्त्रीले सुरक्षा ब्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमि बाँकी नरहने प्रतिबद्धता समेत गरे।

    महागढीमाई नगरपालिकाका मेुर उपेन्द्र यादवले देशका मन्त्रीहरिुको मेला अवलोकनबर गढीमाई मन्दिरमा दर्शन पुजाआजाले धार्मिक पर्यटन बढाउन तथा यसबाट थप उर्जा मिलेको भन्दै धन्यावद दिएका थिए।

     मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ ।गढीमाई दर्शन गर्न आएका गृहमन्त्री रमेश लेखकलाई महागढीमाईका नगर प्रमुख उपेन्द्र यादव लगायत सम्पुर्ण गढीमाई मेला मुल ब्यवस्थापन समिति लगाुत  कांग्रेसका नेता कार्यकर्ताले फुप माला लगाई स्वागत सम्मान  गरेका हुन्।

  • उप प्रधानमन्त्री प्रकाशमान सिंहद्धारा गढीमाई मेलाको अवलोकन तथा निरीक्षणु

    उप प्रधानमन्त्री प्रकाशमान सिंहद्धारा गढीमाई मेलाको अवलोकन तथा निरीक्षणु

    संवाहक

    अनलाई / राष्ट्रिय दैनिक

     चन्द्रभुषण कुमार 

    १८ मंसिर, बरियारपुर,  नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध  बाराको बरियारपुर गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन्।

    मंगलबार  शहरी बिकाश मन्त्री सिंह महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई मन्दिरमा माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन् ।

    प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ०१ गते देखि सुरु भएको छ । विश्व प्रसिद्ध गढीमाई मेला दर्शन तथा अवलोकन गर्न पुगेका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहले गढीमाई मेलाले बिश्वमै नेपालको एउटा  छुट्टै पहिचान बनाएको बताए।

    ।उनले भने´गढीमाई दर्शन गर्न आउँदा मनोकामना र आफुले मागेको कुरा पूरा हुन भएकोले आफुले दर्शन गर्न पाउँदा निकै खुशी महसुस गरेको छु । गढीमाई मन्दिर मधेश प्रदेशको मात्र अस्था नभएर यो पुरै नेपालको ठूलो धार्मिक स्थल रहेको छ।

    गढीमाई मेला बिश्वमै पशु बलिको लागि प्रख्यात मेला हो । यहाँ नेपाल,भारत लगाएत विभिन्न देशबाट दर्शनार्थीहरु  गढिमाईको दर्शन गर्न आउने गरेको छ । यस बर्षको गढीमाई मेलामा मंसिर २३ र २४ गते पशु बलि दिइने कार्यक्रम तय भएको छ ।

    अहिले  गढीमाई मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लागेको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गर्न आएका शहरी बिकाश मन्त्री प्रकाशमान सिंहलाई गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मेलाको ब्यवस्थापन र आवश्यक समाग्री बारे मन्त्रीलाई जानकारी गराए ।

    नगरप्रमुख यादवले भने´गढीमाई मेलालाई भब्य र सभ्य बनाउनको लागि केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरुले आएर अवलोकन तथा निरीक्षण गर्नु हामी बारा बासिको लागि गर्वको कुरा रहेको बताए ।

  • वन राज्यमन्त्री द्धारा कृषि एक्स्पो गढीमाई–२०८१ उद्घाटन , करिब ५ करोड बढीको कारोबार लक्ष्य

    वन राज्यमन्त्री द्धारा कृषि एक्स्पो गढीमाई–२०८१ उद्घाटन , करिब ५ करोड बढीको कारोबार लक्ष्य

    संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    १८ मंसिर , बरियारपुर–  विश्व प्रसिद्ध गढीमाई मेलामा  ‘कृषि एक्स्पो गढीमाई – २०८१ को मंगलबार संघिय सरकारकी वन तथा बाताबरण राज्य मन्त्री रुपा बिश्वकर्माले उद्घाटन गरेकी छन्।

    कनेक्ट किसानद्धारा मेलामा किसानको  लागि संचलालनमा ल्याएको कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ ।

    कृषि एक्स्पो गढीमाई २०८१ को उद्घाटन कार्यक्रमा बोल्दै मधेश प्रदेश सरकारको वन तथा बाताबरण राज्य मन्त्रीहरूलाई रुपा बिश्वकर्माले कृषि एक्स्पो मेलामा संचालन हुनु किसान बासिको लागि राम्रो सन्देश रहेको बताईन ।उनले भनिन´यो एक्स्पो किसानहरु संग डाईरेक्ट कनेक्ट भएकोले यसले बारा जिल्लाका किसानको साथ साथै मेला अवलोकन गर्न आउने किसानहरुको लागि धेरै थोक जान्ने र सिक्ने अवसर समेत प्रदान गर्ने छ ।

    एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार छ, जहाँ किसानले विज्ञसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत पाउने भएकोले यो एक्स्पो किसानहरुको लागि धेरै फादाजनक हुने भएकोले सबैले एक पटक एक्स्पो अवलोकन गर्न किसानहरु संग मन्त्री बिश्वकर्माले आग्रह गरिईन् ।

    कृषि एक्स्पो गढीमाई–२०८१ उद्घाटन कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यन उपेन्द्र प्रसाद यादवले केन्द्रको या प्रदेशको कृषि मन्त्रीहरुले आफ्नो कार्यकर्ताहरुलाई मात्र बजेट दिने गरेको आरोप लगाए ।

    केन्द्र र प्रदेशका कृषि मन्त्रालयले गर्न सक्ने काम एउटा संस्थाले गर्ने गरेकोले यसले नै प्रष्ट हुन्छ कि मन्त्रीहरु आफ्नो कार्यकर्ता पाल्नको लागि मात्र बजेट दिने गरेको नगरप्रमुख यादवले बताए ।केन्द्र सरकार र प्रदेश सरकारले ठोस नीति न ल्याउदा आज हजारौ युवा बिदेश गईरहेको मेयर यादवले बताए ।

    प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ता जमघट गराउनको लागि विश्व प्रसिद्ध गढीमाई मेलामा एक्स्पो संचालन गरिएको कनेक्ट किसानकी अध्यक्ष सञ्चिता लामिछानेले बताईन ।

    कनेक्ट किसानको आयोजनामा १८ देखि २४ मंसिरसम्म चल्ने एक्स्पो २ लाखभन्दा बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा धेरैको आर्थिक कारोबार हुने लक्ष्य लिएको कनेक्ट किसानकि अध्यक्ष सञ्चिता लामिछानेले बताइन् ।आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलरु रहने छ भने अवलोकनकर्ताले कृषिमा भित्रिएको नवीन प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।

    एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषि विधामा नवीन औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ, विषादी रहित कृषिबारे जानकारी प्राप्त गर्न सकिने छ ।

    निःशुल्क प्रवेश व्यवस्था गरिएको एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत गर्ने साना औजार, मेसिनदेखि डेरी मेसिनरी, पशुपन्छीपालन, फलफूल खेती र कृषिजन्य उद्योगमा प्रयोग हुने उपकरण प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

    कृषि एक्स्पो गढीमाई २०८१ को उद्घाटन कार्यक्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी ,जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने ,पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा लगाएत मेला ब्यवस्थापन समितिको उपस्थिति रहेको थियो।

  • नेपाललाई ९ समझदारीमा, ९ अर्ब सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

    नेपाललाई ९ समझदारीमा, ९ अर्ब सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

    संवाहक 
    अनलाई / राषट्रिय दैनिक

     १८ मसिर, काठमन्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार दुई मुलुकबीच नौवटा सहमति तथा समझदारी भएको छ । यसबाहेक ९ अर्ब रुपैयाँ बजेटरी सहायता उपलब्ध गराउने घोषणा पनि चीनले गरेको छ ।

    ‘हस्ताक्षर भएका आयोजना बीआरआईअन्तर्गत अघि बढाइनेछ,’ भ्रमणमा संलग्न प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले भने, ‘राष्ट्रपतिबाट घोषणा भएको सहयोग छुट्टै हो ।’

    उक्त रकम नेपालले बजेटरी सहायताका रूपमा लिने जनाइएको छ । नेपाल र चीनबीचको पहिलो सहमति टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र पनि आदानप्रदान भएको छ ।

    ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारी, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा रहेका एक अधिकारीले चीनसँग आयोजनागत रूपमा मात्रै सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको बताए । ‘यी आयोजनाको कार्यान्वयन बीआरआईअन्तर्गत नै हुने भनिएको छ,’ ती अधिकारीले भने । समझदारीपत्रमा भने ती आयोजना बीआरआईअन्तर्गत हुने भन्नेबारे केही उल्लेख छैन । यसबारेमा नेपाली अधिकारीहरूको भनाई स्पष्ट छैन्।

    चिनका राष्ट्रपति सी जिनपिङले नेपाललाई ५० करोड चिनियाँ युआन (करिब ९ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

    भेटका अवसरमा राष्ट्रपति सी ले नेपाली वस्तु चीनमा निर्यात गर्न प्रोत्साहन गर्ने आश्वासनसमेत पाएको भनिएको छ। ‘नेपाल र चीनबीचको सम्बन्ध सद्भाव, सम्मान र सहयोगमा आधारित छ । नेपालको विकास र समृद्धिमा चीनको सधैं साथ रहन्छ,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रका प्रवक्ता ढकालले बताए ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको नेपाल भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको प्रवक्ता ढकालले बताए ।

    प्रधानमन्त्री ओलीले छोटो समयमा चीनले विकास र गरिबी निवारणमा हासिल गरेको प्रगति अनुकरणीय रहेको बताएका थिए । नेपालको विकासमा चीनको साझेदारीको अपेक्षा गरेको पनि प्रधानमन्त्रीले बताए । यो भ्रमणले नेपाल-चीन सम्बन्ध अझ प्रगाढ बन्ने सँगै फलदायी भएको बताईएको छ।

     

  • मधेश सरकारले गढीमाई मेलाको लागि प्रदेशमा २३ गते  दिए सार्वजनिक बिदा

    मधेश सरकारले गढीमाई मेलाको लागि प्रदेशमा २३ गते दिए सार्वजनिक बिदा

    संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    सरोज दास

     १८ मंसिर, बरियारपुर– मधेश प्रदेश सरकारले  गढीमाई मेलामा हुने विशेष पुजाको लागि मधेश प्रदेशमा एक दिन सार्वजनिक बिदा दिएको छ।

    बाराको महागढीमाई नगरपालिका वडा – १ बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठले गढीमाई मेलाको लागि विदाको निर्णय गरेको हो।

    मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाई प्रति लाखौं श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन्।

    प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउनेगरी बिदा दिएको उनको भनाइ छ ।

    मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेला मंसिर ३० गतेसम्म चल्ने छ । मंसिर २३ गते रङा र २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम तय भएको मेला ब्यवस्थापन समितिले जनाएको छ ।

    मधेश सरकारको यस्ता निर्णयले आन्तरिक तथा बाह्य धार्मिक पर्यटनमा टेवा पुर्याउनेछ, सँगै गढीमाईको ऐतिहासिक आस्था र  धर्म संस्कृतिलाई मद्दत मिलने भएकोले महागढीमाई नगरपालिकाका नगरप्रमुख एवम् गढीमाई मेला मुल व्यवस्त्थापन समितका अध्यक्ष उपेन्द्र प्रसाद यादवले गढीमाई मेलाको अवसरमा दिइएको विदामा धन्यवाद ज्ञापन गरेका छन ।

  • बारा प्रहरीले सावा ६१ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    बारा प्रहरीले सावा ६१ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    संवाहक

    अनलाईन / राषट्रिय दैनिक

    १७ मंसिर, कलैया— जिल्ला प्रहरी मातहतका प्रहरी इकाईले  गाडी चेेकजाँचको क्रममा आज विलविजक नभएको झण्डेै सावा ६१ लाख बराबरको समान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

    विभिन्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले  गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी, समानको स्रोत खुलाउन नसकेको र आवश्यक कगजात नभएको अं.मुल्य रू. ६१ लाख १३ हजार ८ सय ५५ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

    ईलाका प्रहरी कार्यालय अमलेखगंजले  मंसिर १६ गते ११:२० बजेको समयमा  सिमरा उप-महानगरपालिका वडा – २१ अमलेखगंज चोकमा प्रहरी बरिष्ठ नायब उपरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.३-०१-००५ ख ९४२२ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३ लाख ३६ हजार ७ सय ७ रुपैया बराबरको चिनी-३५ बोरा, आलु- ६ बोरा, प्याज- ५ बोरा लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिइएको जनाएको छ।

    यसैगरि, ईलाका प्रहरी कार्यालय जीतपुरले
    आज बिहान साढे तीन बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपुर चोकमा प्रहरी नायब निरिक्षक मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ८ ख ८२८६ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.३१ लाख ७९ हजार २२ रुपैया बराबरको तिरपाल,मोविल, पसास्टिक सतलि, सुटके, बकरम लगायत अन्य खुद्रा समानहरू समाएको छ।

    त्पस्तै, प्रहरी चौकी पथलैयाले आज बिहान अं.०७:१० बजेको समयमा  जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०२-०३-००१ ख ३६८९ नम्बरको ट्रकमा लोड गरेको अं.मुल्य रू.२५ लाख ९८ लाख १ सय २६  बराबरको अटोपार्ट, लालीपप, चनादाल लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिइऐको बताईएको छ।

  • उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरे दर्शन पुजापाठ 

    उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरे दर्शन पुजापाठ 

        संवाहक 

    अनलाईन / राष्ट्रिय दैनिक

    १७ मंसिर , बरियारपुर — उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मन्दिरमा विशेष दर्शना तथा पुजापाट गरेका छन्।


    नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरमा आएका उपराष्ट्रपति यादवलाई मन्दिरको मुख्य पुजारी मंगल चौधरीले पुजा गराएको थियो ।
    पुजाआजा पश्चात आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले प्रत्येक पाँच बर्षमा लाग्ने यो गढीमाईको मेला ऐतिहासिक, धार्मिक महत्व बोकेले मेलालाई मर्यादित एवम शान्ति सुरक्षाको प्रत्याभुत गराउने सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन् ।

    मेलामा आउने दर्शनार्थीहरुलाई सहज रुपमा दर्शन गराउने वतावरणको सृजना गर्नुपर्ने बताउदै उपराष्ट्रपति यादवले मेला सहज   मर्यादित रुपमा सम्पन्न होस सबैलाई शुभकामना दिए।

    मेलामा सबै राजनितिक दल, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार जिल्ला बासी एवम देशबासीहरुले यसलाई चासोको रुपमा लिई एतिहासिक रुपमा सम्पन्न गर्नका लागि सबैले अभिभरा ग्रहन गर्नुपर्ने कुरामा जोड दिएका हुन।

    मेलामा नागरिकलाई शुद्ध खानेपानी, सुलभ शौचालय, सित लहरबाट जोगिनका लागि कपडा, आगो ताप्ने व्यवस्था मिलाउन मेला समितिलाई निर्देशन समेत दिए ।

    मेलामा कुनै प्रकारको कमीकमजोरी नहोस त्यसका लागि सुरक्षा निकाय सहज र सचेत हुनु पर्दछ उपराष्ट्रपति यादवले भने । मेला सभ्य भव्य र मर्यादित बनाउन सबैको सहयोग आवश्यक रहेकोले  राज्यले सहयोग गर्ने कुरा बताउदै मेलाको सफलताको शुभकामना दिएका छन्।

  • गढीमाई मेलामा ओम शान्तिको शिविरको मेयर यादवद्धारा उदघाटन

    गढीमाई मेलामा ओम शान्तिको शिविरको मेयर यादवद्धारा उदघाटन

      संवाहक

      अनलाई / राष्ट्रिय दैनिक

    १५ मंसिर,बरियारपुर— बाराको महागढीमाई नगरपालिका १ स्थित  गढीमाई पञ्चवर्षिय मेलामा ओमशान्ति शिविरको उदघाटन भएको छन।

    ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराद्धारा आयोजना गरिएको १२ ज्योतिर्लिङ्ग दर्शन, चैतन्य झाँकी, कैलाश पर्वत दर्शन तथा प्रवचन कार्यक्रमको शनिवार एक कार्यक्रमको आयोजना गरि महागढीमाई नगरपालिकाका मेयर तथा  गढीमाई पञ्चवर्षिय मेला संचालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले उदघाटन गरेका हुन ।

    बलीमा विश्व प्रसिद्ध गढीमाई मेलालाई भव्य र सभ्य बनाउन सबैको सहयोगको अवश्यकता रहेको छ, उन्ले भने,‘ आ–आफनो तह तपकाबाट मेला भव्य र सभ्य रुपमा लगाउन मेला संचालन तथा व्यवस्थापन समितिले अपेक्षा राखेको छ ।

    विश्व प्रसिद्ध मेलामा आउने भक्तजनहरुको सुविधाको लागि मेला संचालन तथा व्यवस्थापन समिति लागि परेको छ । भक्तजनहरुलाई कुनै किसिमको असुविधा नहोस भनेर विभिन्न उपसमितिहरु निर्माण गरिएको उनलेे बतसएका छन् ।’

    ओम शान्तिले समाजका लागि राम्रो काम गर्दै आएको छ उहाँले भन्नुभयो,‘स्वच्छ एवं स्वस्थ्य समाजका लागि ओमशान्तिले जहिले पनि महत्वपूर्ण योग्दान दिदै आएको उनले जानकारी दिए ।
    शिविर मेला अवधि भरि संचालन हुने ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैयाका प्रमुख मिना दिदीले बताईन ।

    ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैया बाराको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता ब्रहमकुमारी राजयोग सेवा केन्द्र बीरगंजका क्षेत्रिय संचालिका रविना दिदीको रहेको थियो भने संचालन सुष्मा बहनले गरेकी थिईन ।

  • बारा प्रहरीद्धारा ३ जना फरार प्रतिवादीहरू पक्राउ

    बारा प्रहरीद्धारा ३ जना फरार प्रतिवादीहरू पक्राउ

    संवाहक 

    अनलाई  / राष्ट्रिय दैनिक

    १४ मंसिर, कलैया– बारा प्रहरीले बिभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजय जरिवाना पाएका ३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  छ।

    प्रहरी कारवाहीको सिलसिलामा  जिल्ला प्रहरी कार्यालय  मातहतका प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका  मुद्दामा बरदात पश्चात फरार रहेका मानिसहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट आज १४ गते पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा विश्रामपुर गाँउपालिका -१ का बिनय कुमार पटेल चेक अनादर कसुरमा जरिवाना रु १ हजार, फेटा गाँउपालिका – ३ कारामनरेश बैठा धोवी चेेक अनादर कसुरमा रु १ हजार जरिवाना र

    करैयामाई गाउँपालिका -४ का पंचन कुमार महतो चेक अनादर कसुरमा रु ५ सय जरिवाना अदालतबाट पाएर फरार रहदै  लुकिछिपी  बस्दै आएकोमा पक्राउ गरि अदालतमा दाखिला गरिएको प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।

     

  • गढीमाई मेलामा कनेक्ट किसानले १ सय ५० वटा स्टलरालकि कृषि उपज र सामग्रीको प्रदर्शनी आयोजना गर्ने

    गढीमाई मेलामा कनेक्ट किसानले १ सय ५० वटा स्टलरालकि कृषि उपज र सामग्रीको प्रदर्शनी आयोजना गर्ने

    लाखौको भिड हुने मेलामा मंसिर १८ देखि २४ गते सम्म कृषि एक्स्पोको आयोजना हुन लागेको हो ।

    आज कलैयामा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको बारेमा यस्तो  जानकारी गराईएको छ ।

    कनेक्ट किसान नामक संस्थाले एक्स्पोको आयोजना गर्न लागेको संस्थाकी तर्फबाट स्टल प्रदर्शनीका मेला संयोजक सञ्चिता लामिछानेले किसानले प्रविधियुक्त कृषि र उपजलाई सहज बजारको बारेमा जान्ने बुझने मौका पाउने बताईन्।

    एक्स्पोमा कृषि उपज, मेशीनरीहरु प्रदर्शन गरिनुका साथै बिक्री गरिने लामिछानेले जानकारी गराईन ।

    एक्स्पोमा विभिन्न कृषि विज्ञहरुले किसानहरुलाई विभिन्न बालीका बारेमा सेवा उपलब्ध गराउने  करिब डेढ/ दुईलाख किसानले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    एक्स्पोमा करिब १५ करोडको कारोबार हुने अनुमान गरिएको आयोजक संस्थाले जनाएको छ ।  किसानले प्रबिधििबाट उत्पादन बचाउने कस्ता बीउ बिजन वालीमा कुन रोगको लागेकोछ र त्यसको उपचार कारी कुन प्रविधिबाट स्थानिय स्तरमै गर्न सकिने त्यसको विज्ञबाट सिकने अवसर पाउने छन्

    त्यस सँगै किसाने आफ्ना उत्पादकत्व सिधै ल्याएर बिक्री गर्नसकिने हनि हटिया बजारको सुविधा उपलव्ध गराईने बतईएको छ।