Category: कृषि

  • बारा प्रहरीले सावा ३ लाख भन्दा बढीको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    बारा प्रहरीले सावा ३ लाख भन्दा बढीको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

         संवाहक

    अनलाई/ राष्ट्रिय दैनिक

    चन्द्रभुषण दास

    १२ मसिर, बरियारपुर– बारा प्रहरीले सावा ३ लाख भन्दा बढीको समान चेक जाँचको  क्रममा बरामद गरिएको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय तथा मातहतक प्रहरी ईकाइ कार्यालयहरूबाट  खटिएका प्रहरी टोलीले विभिन्न स्थाननमा गाडीहरूलाई रोकी चेेकजाँच गरेका थिए।

    चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ३ लाख २७ हजार ४ सय ९७ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयले आज साढे ९  बजेको समयमा  कलैया उप महानगरपालिक – ५ घुसुकपुरमा भन्सार छली गरी ल्याउदै गरेको बच्चाले लगाउने टोपी २२ पिस, सानो पन्जा १ सय २० पिस, ठुलो पन्जा २२ जोडा ,मोजा २ सय १२ पिस गरी अ.मुल्य रु.४० हजार २ सय बराबरको नियन्त्रणमा लिईएको बताएको छ ।

    यसैगरि, प्रहरी चौकी पथलैयाले गए राति अं.०१:४० बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका  – १ पथलैया चोकमा जनकपुर बाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख ६४९० न.को बसमा लोड गरेको केस (कपाल) ८ बोरा अं. मुल्य रू. १८ हजार बराबरको बिल नभएको  बरामद गरेको छ ।

    त्यस्तै डेह्र बजेको समयमा बर्दिवासबाट चितवन तर्फ जादै गरेको प्र.०३-०२३ च ३२२६ नं. को पिकअप गाडीमा लोड गरेको खुद्रा समान अं.मुल्य रू. २ लाख ६९ हजार २ सय ९७ रुपैया बराबरको बिल नभएको बरामद आवश्यक सवै समान कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरील प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनकाारी गराएका छन्।

  • झण्डै पवने २ क्विन्टल लागू औषध गाँजा सहित एक महिला सँगै २ जना पक्राउ

    झण्डै पवने २ क्विन्टल लागू औषध गाँजा सहित एक महिला सँगै २ जना पक्राउ

             संवाहक

    अनलाई / राष्ट्रिय दैनिक

    सरोज दास

    १२ मंसिर, कलैया– बारा प्रहरीले झण्डेै पवने दुई क्विन्टल लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

    मंसिर ११ गते ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरिक्षक किसन बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले कोल्हबी नगरपालिका-५ सोनाभारबाट दिनदयाल चौधरीको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले गोप्य सूचनाको आधारमा चौधरीको घरमा खानतलासी गर्दा रातो रंगको प्लाष्टिकले बेरी राखेको २१ पोका १ सय ७० किलो लागू औषध गाँजा  सहित एक महिला र एक पुरुष गरि २ जनाालाई पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा  बारा कोल्हवी नगरपालिका.-५ सोनाभार टोल बस्ने अ.वर्ष ५० को रमोद चौधरी  र त्यहीका दिनदयाल चौधरीको श्रीमति अ.वर्ष ५२ कि मनमती देवी चौधरी रहेका छन्।

    नियन्त्रणमा लिएका दुबैजनालाई आवश्यक कानूनी कारवाहिको प्रकृया अगाडि बढाईएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जाानकारी गराएका छन्।

     

  • गढीमाई मेलाको मुख्यमन्त्री सिंहद्धारा अवलोकन, निरीक्षण

    गढीमाई मेलाको मुख्यमन्त्री सिंहद्धारा अवलोकन, निरीक्षण

     

      संवाहक

    अनलाईन / राष्ट्रिय दैनिक

    चन्द्रभुुषण कुमार दास

    १२ मंसिर, बरियारपुर —  मधेश प्रदेशका मुख्यमन्त्री सतिसद किमार सिंहले बाराको महागढीमाई नगरपालिका -०१ बरियारपुरमा मंसिर ०१ गते देखि सुरु भएको गढिमाई मेलाको अवलोकन तथा निरीक्षण गरेेका छन्।

    मेलाको व्यवस्थापनको अवस्धा बुझन धार्मिक पर्यटनमा श्रद्धालु आगन्तुकको उत्साह  बढाउन  अवलोकन  तथा निरिक्षणमा आएका मुख्यमन्त्री सिंहलाई महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले स्वागत गरेका थिए।

    विश्व प्रसिद्ध गढीमाई मेलाको मेलाको अवलोकन तथा निरिक्षण गर्नु अगाडि मुख्यमन्त्री सतिश कुमार सिंहले गढीमाई मन्दिरमा पुगेर दर्शन पुजापाठ गरेका हुन्।

    गढीमाई मेलालाई सभ्य र भब्य बनाउनको लागि आफुले प्रदेशका विभिन्न मन्त्रीलाई मेलाको अवलोकन तथा निरीक्षण गर्न पठाएको मुख्यमन्त्री सिंहले बताएका छन्।

    गढीमाई मेलालाई सफल र सभ्य भव्य  बनाउन मधेश प्रदेश लागि परेको र मधेश प्रदेश सरकार आवश्यक पर्ने उपकरण लगाएत अन्य समाग्री सहयोग गर्न तयार रहेको मुख्यमन्त्री सिंहले सो अवसरमा जानकारी गराएका छन्।

    गढीमाई मन्दिरलाई विश्व सम्पदाको सुचिमा समावेश गर्नको लागि प्रदेश सरकारले केन्द्र सरकारलाई खचखचाउने समेत मुख्यमन्त्री सिंहले बताए।

     

  • बारा प्रहरीले झण्डै ६४ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

    बारा प्रहरीले झण्डै ६४ लाख बराबरको समान अनुसन्धान कार्यालय पथलैयामा बुझायो

              संवाहक
    १० मंसिर, कलैया— बारा प्रहरीले चेकजाँचको क्रममा झण्डै ६४ लाख बराबरको श्रोत खुलाउन नसकेका समान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
    जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले गाडीहरूलाई रोकी चेकजाँच गरेका थिए।
    चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६३ लाख ६८ हजार ५ सय ५५ रूपैया बराबरको बरामद गरिएका विभिन्न समानहरू आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको जानकारी गराएको छ।
     ईलाका प्रहरी कार्यालय जीतपुरले मंसिर ९ गते राति करिब साढे ११ बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका – ७ जीतपुर चोकबाट  प्रहरी टोलीले वीरगंजबाट पथलैया तर्फ जादै गरेको म.प्र.०३-००२ ख ०३१४ नं. को मिनि ट्रकमा लोड गरेको अं.मुल्य रू.४२ लाख ९३, हजार ८ सय ७० रुपैया बराबरको बिल बिजक भन्दा बढी सेम्फु, जिलेट सरफ लगायत अन्य खुद्रा समान नियन्त्रणमा लिईएको जनाएको छ।
     ईलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर ९ गते राति अं.११: ४० बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका – २१ अमलेखगंज चोकमा  प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बागमति प्रदेश -०१-००६ ख३७४१ नं.को ट्रकमा लोड गरेको अं.मुल्य रू.१४ लाख ७९ हजार ७ सय ५० रुपैया बराबरको कुनै किसिमको बिल नरहेको केराउ ५० बोरा अन्दाजी १ हजार ५ सय किलोग्राम, रहरको दाल ५० बोरा १ हजार ५सय केजी,  भुटेको चना १० टन ५० केजी, नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
    प्रहरी चौकी पथलैया ले आज  लगभग ०३:२० बजेको समयमा  जीतपुर सिमरा उप महानगरपालिका – १ पथलैया चोकबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ६९०५ नं.को यात्रु बाहक बसमा लोड गरेको करिब मुल्य रू. १ लाख ४४ हजार ९ सय ३० रुपैया बराबरको कुनै किसिमको बिल नभएको खुकुरी-५९ पिस, काजु-३५ केजी र काँचको थाल-२ पोका नियन्त्रणमा लिईएको छ ।
    त्यस्तै ,सोही ठाँउबाट अं.३:३ बजेको समयमा सर्लाहीबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०२-०३-००१ च ३३६५ नं.को पिकअप गाडि लोड गरेको अं.मुल्य रू. ४ लाख ५० हजार बराबरको बिळभाउचर नभएको ५६ कार्टुन टायरमा हाल्ने लिकियुड र १ हजार ३ सय ४४ पिस रबर प्रहरी समाति बरामद गरिएको विभिन्न समानहरु अनुसनधान कार्यालय पथलैयामा बुझाईएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन।
  • प्रशासनले गढीमाई मेलामा ड्रोन उडान गर्न गर्यो निषेध

    प्रशासनले गढीमाई मेलामा ड्रोन उडान गर्न गर्यो निषेध

         

      संवाहक

    ७ मंसिर , कलैया— बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले महागढीमाई नगरपालिका बरियारपुरमा मंसिरमा शुरु भएको गढीमाई पञ्चवर्षिय मेलामा ड्रोन उडान गर्न निषेध गरिएको बताएका छन्।

    ड्रोन जनित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामेरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामेरा उडान गर्ने सक्ने प्रावधान रहेको छ ।

    बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. १ बरियारपुरमा अवस्थित श्री गढीमाई मन्दिरमा  २०८१ मंसिर १ गते देखी  मसान्त सम्म गढीमाई मेला लाग्ने शुरु भएको छ। सो मेला अवधिभर ड्रोन उडानमा अनुमति विना प्रतिबन्ध लगाएको छ।

    पञ्चवर्षिय गढीमाई मेला, २०८१ लाई लक्षित गरी कुनै पनि व्यक्ति, संघ संस्थाले जिल्ला प्रशासन कार्यालयको अनुमति बेगर ड्रोन क्यामेरा उडान गर्न नपाइने प्रशासन कार्यालय (स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा) बारा, कलैयाले जनाएको छ।

    यदि यस सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामेरा उडान गरेको देखिएमा वा पाईएमा उक्त ड्रोन क्यामेरा जफत गरिने सम्बन्धित ड्रोन क्यामेराका धनीलाई प्रशासन कार्यालयले आज   सरोकारवालाको लागि एक सुचना जारी गरि जानकारी गराईएको हो।

    सूचना अटेर गरि उलंघन गर्ने उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

     

  • सिम्रौनगढमा व्यवसायिक फुल खेतितर्फ किसानको बढदो आकर्षण

    सिम्रौनगढमा व्यवसायिक फुल खेतितर्फ किसानको बढदो आकर्षण

    1. ११ कार्तिक , सिम्रौनगढ । बाराको दक्षिणि पुर्वी भेगमा अवस्थित सिम्रौनगढ नगरपालिकामा किसानहरु फुलको व्यसायिक खेेति तर्फ आकर्षित हुन थालेका छन्।

    तरकारी खेतिमा पकेट क्षेत्रले परिचित भिन्न व्यवसायिक सोचका साथ एक दर्जन किसान १० औं विगाहा जग्गामा सयपत्री (गेन्दा) फुलको खेेति गरेका छन्। जुन ढकमक फुुलेको सरेह भरि मगमग बासनासँगै आय आर्जनको राम्ररी श्रोत बन्न पुगेको छ।

    उन्नत बीउ भारतको कोलकत्ताबाट ल्याई एक पटक बेर्नामा लगाएपछि प्रत्येक तीन महिनामा तयारी भई बर्षभरि नै उत्पादन हुने यतिवेला देशको माग धान्न खुबै फस्टाएको छ।

    सिम्रौनगढ नगरपालिका – ५ ठुलो इटवाल टोलको सरेहमा कहि २-३  विगाहाकि पलट  त कतै १०-१२, १५ कट्ठामा छरिएर व्यवसायिक रुपमै फुलको खेेति फष्टाउदै गएको मनमोहक दृश्यले परम्परागत सदियो देखि हुँदै आएको धान, गहुँ, मकै ,आलु ,तरकारी खेेति, माछा पालन भन्दा फुलमा लगानीको तुलनामा मनगै आम्दानी हुने भएपछि किसानको आकर्षण बढदै गएको हो।

    भारतबाट देखेर सिकेर शुुरुमा थोरै ५-७ कट्ठाबाट शुुरु गरेका खेति समुहमा छलफल सिकाउदै स्वप्रोत्साहित गर्दै जादा आजको अवस्थामा दर्जनौ किसान फुल खेेतीलाई पेशाको रुपमा अंगालेर खेेत हुण्डा बटैया , सुधभर्ना, लिजमा लिएर विगहौ खेेति गर्न सफल भएका सिम्रौनगढ -८ कचोर्वाका किसान रुपलाल कुश्वाहा भन्छन्। उनी अहिले १२ कट्ठामा फुल खेति गरि प्रयाप्त आम्दानी गर्दै आएका छन्। प्रति कट्ठा ३ हजार ५ सय देखि  ४ हजार उनेको माला उत्पादन हुने गरेको उनको भनाई छ।

    कृषि विज्ञ जेटिएको सहयोग विना आफ्ना अनुभवले अन्य कृषि वाली झै मल विषाधी र समयावधीमा विधुतीकरणले मटरपम्मको सिंचाईले सहजता प्रदान गरेको भन्दै यसले विदेशिने युवालाई  रोक्न परिश्रम गरे चाहे अनुसारको आम्दानी र रोजगारीको अवसरलाई देखाई दिएको, उनले थपे।

    एक कट्ठामा फुल लगाउदा लगभग  १० देखि १५ हजारसम्म लागत लाग्ने गरेकोमा खर्च कटाएर सरदर प्रति कट्ठा डेह्र लाखसम्म आम्दानी हुने गरेको अर्का किसान सुरेश प्रसाद कुश्वाहा बताउँछन्।

    उनी २०५७ साल देखि ५ कट्ठामा फुल खेेति शुरु गरेको आज ३ विगाहा खेत आफ्नो र लिजमा लिई ईटवाल चौरहिया टोलको सरेहमा व्यवसायिक हिसाबले जागिर छोडदेखि लकडाउन ताका शुरु गरेको सिम्रौनगढलाई फुलको खेेतिमा समेत पहिचान दिलाउन लागिपरेको उनको एक दशकको फुुल खेतिमा लगावले अन्य किसान फुल खेेतिमा उत्साहित भएर धेेर थोर गर्न थालेका, उनले बताए।

    बार्षिक उत्पादन गरेर खपत हुने बजार भएकोले अनुमान भन्दा बढी आम्दानी देखेर उनी जस्तै श्रीप्रसाद कुश्वाहा-२ विगाहा, प्रेमचन्द्र लुश्वाहा- १ विगाहा, दिपेन्द्र कुश्वाहा १५ कट्ठा, मुकेश कुश्वाहा ५ कट्ठा , सिकेन्द्र कुशवाहा १५ कट्ठा , सोनालाल कुश्वाहा, सन्तलाल कुशवाहा, सुरेश प्रसाद कुशवहा (सानो), कुन्दन कुश्वाहा, कमल प्रसाद कुश्वाहा लगायतकाले दशौं विगाहामा फुुलको रातो, सेतो र पहेलो रंगको सयपत्रि फुुल उत्पादन थालेका छन्।

    उत्पादित फुल स्थानिय बजार सिम्रौनगढ , बंकुल , कलैया , विरगंज नारयणगढ हुँदै काठमान्डौसम्म बजार माग अनुसार बस, पिकअपमा वरफ राखी पठाउने गरेका छन्।  बारा, पर्सा , रौतहटको प्रमुख हाट बजारसम्म पसल फुल सेन्टरमा बिक्रि वितरणको लागि बजार अगोटेको छ ।

    उहिले यहाँ खेेति नहुँदा भारतिय बजारबाट ल्याई विभिन्न धार्मिक अनुष्ठान पुजापाठ, घर आंगन पँधेरा सजाउने, मठमन्दिर, राजनिति सभासमेलन, कार्यक्रम, शादि विवाह ,जस्ता मान्छे मर्दा समेत भारतिय बजारबाट आयात भई पुर्ती हुने गरेकोमा अब त्यो अवस्था स्थानिय स्तरमै उत्पादन भएदेखि हटेको छ।

    अब सिमापारी तिर राजनिति सभा सामरोह हुँदा यतैबाट जाने गरेको अवस्था सृजना भएको छ। यसरी फस्टाउदै गरेको फुुलको खेेतिलाई प्रबर्द्धन सहित स्वदेश विदेशमा सहज बजारीकरणको किसानको माग रहेको छ।

    पसल र व्यवसाय दर्ता गरि खेेति गर्दैका फुुल किसानले बजारको माग अनुसार पुर्तीमा बाटो घाटोमा प्रहरी प्रशासनद्धारा दु:ख भोग्नु परेको संवाहक संचारकर्मीसँग बताएका छन्।

    अनलाईन विल भौचर व्यवसाय दर्ता गरि कर तिरेेको सम्पुर्ण कागजात हुँदाहुदै देखाउदा समेत भारतिय फुुल भनेर अनाहकमा बाधा अडचन कार्यवाहीको डरत्रास दिई आर्थिक संकलनको समस्याले अनाहकमा दु:ख दिएकोले सास्ति खेेप्नु परेको किसानको गुनासो रहेको छ।

    उनेको मालालाई सुरक्षित र ताजा ठाँउमा पुग्नु पर्छ अनि मात्र भुक्तानी हुने उनी बताउँछन् । प्रतिकुल समयमा तीन/चार घण्टा रोकिए कुहिएर सम्पुर्ण नष्ट हुनजान्छ, अनि नोक्सानी भई घाटा व्यहोर्नु पर्ने भएको हूँदा यसो नगर्न आग्रह गरेका छन्।

    स्वदेशि सुन्दर फुुल उत्पादनमा नगरपालिकाले आर्थिक र  प्राविधिक सहयोग उपलब्ध गराई फुल खेेतिबाट रोप्ने गोडमेल गर्ने देखि माला टिप्ने उन्ने समेतमा ज्यालादारले बर्षभरि रोजगारी पाउने अवसरलाई प्रोत्साहित गर्न जरुरी छ।