ट्रक सहित अबैध समान प्रहरी नियन्त्रणमा

दाश पन्न्नालाल दाश पन्न्नालाल 238 Views

दास पन्नालाल- संवाहक डेली

बारा, २०८१ साउन २१

बारा प्रहरीले विभिन्न ठाँउमा चेकजाँच गर्दा राजश्व छलीका लाखौको अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजले साउन २० गते साढे तीन बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका -२१ अमलेखगंज स्थितमा वीरगंजबाट नारायणघढ तर्फ जादै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसमा लोड गरेको अं. मुल्य रू.७ लाख ३३ हजार ५ सय बराबरको बिभिन्न किसिमका मोबाईलको डिस्पले ४८९ पिस नरामद गरेको छ।

त्यसैगरि प्रहरी चौकी पथलैयााले

२१ गते डेह्र बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका -१ पथलैया चोकमा रौतहटबाट कास्की तर्फ जादै गरेको प्र.२-०३-००१ ख ०९५६ नम्बरको ट्रकमा लोड गरेको अं. मुल्य रू.५ लाख रूपैया बराबरको (एक ट्रक) प्याज १ हजार किलो  ट्रक सहित नियन्त्रणमा लिईएको

जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।

जिल्ला प्रहरी मातहतका प्रहरी ईकाइ कार्यालयले गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. १२ लाख ३३ हजार ५ सय रूपैया बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताएका छन्।

प्रतिक्रिया
Share This Article