
मुन्ना कुमार
१८ असाेज, काठमान्डौ — गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना पु्वानुमान गरेको छ।
हाल भइरहेको वर्षालाई मध्यनजर गर्दै असोज १९ र २० गतेका दिन गृह मनत्रालयले एक सुचना जारी गरि देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू-क्षय लगायतका जोखिम, सडक तथा हवाई यातायातमा आउने अवरोध र मानवीय क्षतिको सम्भावनालाई दृष्टिगत गरी यो निर्णय गरिएको प्रवक्ता/सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ।
यद्यपि, उक्त बिदा विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूमा भने लागू हुने छैन। मन्त्रालयले उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सबै नागरिकलाई सुरक्षित स्थानमा रहन हार्दिक अनुरोध समेत गरेको छ।