जनमतका उपाध्यक्ष अबदुल सहित ६ केन्द्रिय नेताले पार्टी त्यागे

दाश पन्न्नालाल दाश पन्न्नालाल 247 Views

मुन्ना कुमार, काठमान्डौ

२ असोज —  डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले अनुसासनको कार्यावहीको हुने पक्का भएपछि पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत नरहने गरी आफै पार्टी परित्याग गरेका हुन् ।

जनमतका केन्द्रिय उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टी छाडेका हुन् ।

पार्टी अध्यक्षलाई राजिनामा दिन २४ घण्टाको अलटिमेटम  दिएपछि राउतले सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए ।

पार्टी परित्यागको घोषणा गरेका प्रवक्ता डा.शरदसिंह यादवले भने, ‘हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं । उहाँलाई सजिलो होस् भनेर पार्टी छोड्यौं ।’

प्रतिक्रिया
Share This Article