नेपाली सेनाले देशभरि लगायो भोलि विहानसम्म कर्फ्यू

दाश पन्न्नालाल दाश पन्न्नालाल 275 Views

दास पन्नालाल, कलैया

२५ भदौ— देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आज देशैभर नेपाली सेनाले  एक सुचना मार्फत भोलि २६ गते विहान ६:०० बजेसम्मको लागि निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा काठमाडौं, नेपाल द्धारा  निषेधाज्ञा तथा कर्फ्यू आदेश सम्पुर्ण देशबासीले अर्को सुचना नहुञ्ज े उ लंघन नगरिदिन हुन अपिल गरिएको छ।

विदमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहनुभएको सहयोगको लागि नेपाली सेना सबै राष्ट्रवासीहरु प्रति कृतज्ञता व्यक्त गरेको छ।

आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति पुनः गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अनुरोध गगरिएको छ।

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज २०८२ भाद्र २५ गगते देखि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने  छ।

परिस्थिति विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने तब सम्मको लागि अत्यावश्यक बाहेक घरबाट निस्कन आम देशवासीलाई जानकारी गराईएको छ।

निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्नेछ ।

आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध गरिएको छ।

आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुनेछ ।

यसै क्रममा, सम्पूर्ण अवकाश प्राप्त सैनिक लगायतका सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडी नलागी आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न भनिएको छ।

साथै, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ-आफ्नो दायित्वलाई निरन्तरता दिनुहुने कुरामा नेपाली सेना विश्वस्त छ ।

जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुऱ्याउन हार्दिक अपिल गरिएको छ।

 

प्रतिक्रिया
Share This Article