मटिअर्वा सशस्त्र प्रहरीका डीएसपी भट्टराई छानबिनकालागि हेडक्वार्टर तानिए

दाश पन्न्नालाल दाश पन्न्नालाल 203 Views

२ पुस, कलैय — बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डिएसपी छानबिनकालागि हेडक्वार्टर तानिएका छन ।

सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक  विदुर भट्टराईलाई छानबिनकालागी तानेको हो ।

डीएसपी भट्टराई तस्करी कार्यमा संलग्न रहेको गुनासो र उजुरी निरन्तर आएपछी छानबिनकालागि मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी गराए ।

डीएसपी भट्टराई माथी छानबिन र अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले जानकारी गराएका छन् ।

डीएसपी भट्टराईले हाजिर भएदेखि तस्करहरुसँग आर्थिक लाभ लिएर मटिअर्वा नाकाबाट व्यापक तस्करी गराउँदै आएको उजुरी मुख्यालयमा परेको थियो ।

डीएसपी भट्टराई आफै खटेर आर्थिक लाभ लिएर तस्करी गराउँदै आएका थिए ।

डीएसपी भट्टराईलाई सशस्त्र प्रहरी मुख्यालयले पाँच दिन अगाडि तानेको  श्रोतको दाबी छ।

प्रतिक्रिया
Share This Article