गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

दाश पन्न्नालाल दाश पन्न्नालाल 143 Views

 

१० बैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। लगानीसम्बन्धी विवाद चर्किएपछि उनले पद त्याग गरेका हुन्।
गुरुङले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिँदै आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिनका लागि पदमा बसिरहन उचित नहुने बताएका छन्। उनले स्वार्थको द्वन्द्व नदेखियोस् र अनुसन्धान प्रक्रियामा असर नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन्।
उनको शेयर लगानीको स्रोत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको कथित व्यवसायिक सम्बन्धबारे पछिल्लो समय विवाद उठ्दै आएको थियो।
गृहमन्त्री बनेपछि प्रारम्भिक चरणमा उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही गरेर चर्चामा आएका गुरुङ पछिल्ला दिनमा भने सोही विवादका कारण आलोचनाको केन्द्रमा परेका थिए।
सरकारले अब नयाँ गृहमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया
Share This Article