पु्र्व प्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी, रेड नोटिस प्रक्रिया सुरु

दाश पन्न्नालाल दाश पन्न्नालाल 64 Views

२५ चैत्र , काठमाडौं — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई फरार सूचीमा राख्दै अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको आधारमा पक्राउ अनुमति दिएको हो । अदालत स्रोतका अनुसार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मंगलबार पक्राउ पुर्जी जारी गर्न स्वीकृति दिएको हो ।

सरकारी स्रोतका अनुसार विदेशमा रहेका देउवा दम्पतीलाई कानुनी दायरामा ल्याउन Interpol मार्फत रेड नोटिस जारी गर्ने तयारी गरिएको हो । रेड नोटिस जारी गर्नुअघि अदालतबाट पक्राउ पुर्जी जारी हुनु आवश्यक पर्ने भएकाले उक्त प्रक्रिया पूरा गरिएको जनाइएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका देउवा दम्पती हाल विदेशमै छन् । उनीहरू फागुन पहिलो साता सिंगापुर गएका थिए । त्यसअघि आरजु राणा भारत हुँदै सिंगापुर पुगेकी थिइन् भने बीचमा दुवैजना उपचारका लागि हङकङसमेत पुगेका थिए ।
सरकारले यसै प्रकरणमा अन्य उच्च राजनीतिक व्यक्तित्वहरू, जस्तै केपी शर्मा ओली र पुष्पकमल दाहाल माथि पनि विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।

नेपाल Interpol को सदस्य राष्ट्र भएकाले फरार अभियुक्त विदेशमा रहेको अवस्थामा अन्तर्राष्ट्रिय सहयोगमार्फत खोजी गर्न सकिन्छ । सम्बन्धित निकायले रेड नोटिसका लागि अनुरोध गरेपछि इन्टरपोलले विश्वभरका सदस्य राष्ट्रलाई सूचित गर्दै खोजी प्रक्रिया अघि बढाउँछ । पक्राउ परेमा सम्बन्धित देशसँग समन्वय गरी अभियुक्तलाई नेपाल फिर्ता ल्याउने व्यवस्था रहन्छ ।

देउवा दम्पतीको हकमा पनि यही कानुनी प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

प्रतिक्रिया
Share This Article