काठमाडौं, २० चैत्र। प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सुरु भएसँगै डीपी अर्याल ले उम्मेदवारी दर्ता गराउनुभएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालय मा पुगेर मनोनयनपत्र पेश गर्नुभएको हो।
उहाँको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहनुभएको छ भने स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थकका रूपमा उभिनुभएको छ।
डीपी अर्याल गत फागुन २१ गते सम्पन्न निर्वाचनमा काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको अनुभवसमेत राख्नुहुन्छ।
संघीय संसद् सचिवालय का अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। दर्ता भएका उम्मेदवारहरूको नामावली आजै दिउँसो साढे २ बजे सार्वजनिक गरिने कार्यक्रम रहेको छ।
सभामुख चयन प्रक्रिया सुरु, डीपी अर्यालद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया
Share This Article