बारामा आर्थिक गणना सचेतना गोष्ठी सम्पन्न, कार्यतालिका सार्वजनिक

दाश पन्न्नालाल दाश पन्न्नालाल 140 Views

बारा,१९ चैत २०८२ । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत बारा जिल्लामा सचेतना गोष्ठी सम्पन्न भएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित जिल्ला आर्थिक गणना कार्यालय बाराले कार्यक्रम आयोजना गरेको हो ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0009,0.0000;
brp_del_sen:0.1000,0.0000;
motionR: 0;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 270.4743;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0000,0.0000;
brp_del_sen:0.1000,0.0000;
motionR: 0;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 251.1374;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 34;zeissColor: bright;

जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार दिउँसो सम्पन्न गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साहले आर्थिक गणना राष्ट्रको समग्र आर्थिक अवस्थाको आधार तयार गर्ने महत्वपूर्ण प्रक्रिया भएकाले यसको सफलताका लागि मिडिया, उद्योगी, पालिका प्रमुखसहित सबै सरोकारवालाले सक्रिय सहयोग गर्नुपर्ने बताए। उनले कार्यक्रमको प्रशंसा गर्दै सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले आर्थिक गणनामा सुरक्षा निकायको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै गणकहरूलाई सुरक्षित वातावरणमा काम गर्न दिइने बताए। साथै, नागरिकलाई घरदैलोमा आउने गणकलाई आवश्यक तथ्यांक तथा सूचना निर्धक्क रूपमा उपलब्ध गराउन आग्रह गरे। यो राज्यद्वारा सञ्चालन गरिने विशुद्ध आर्थिक गणना भएकाले सबैले विश्वस्त भएर सहयोग गर्नुपर्ने उनले उल्लेख गरे।

कार्यक्रममा जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले आर्थिक गणनाको उद्देश्य, प्रक्रिया र महत्वबारे सहजीकरण गरेका थिए। उनले विश्वसनीय तथ्यांक संकलनमार्फत नीति निर्माण, योजना तर्जुमा तथा आर्थिक विकासका आधार तयार हुने भएकाले यस अभियानलाई सफल बनाउन सबै सरोकारवालासँग सहयोगको आग्रह गरे। सहभागीहरूले पनि गणना सफल बनाउन स्थानीयदेखि केन्द्रीय तहसम्म समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।

यसैबीच, सार्वजनिक कार्यतालिका अनुसार आर्थिक गणना प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन हुनेछ। केन्द्रीयस्तरमा अधिकारीहरूको तालिम फागुन २४–२८ मा सम्पन्न भइसकेको छ भने चैत १–४ मा जिल्ला कार्यालय स्थापना गरिनेछ। चैत तेस्रो हप्तामा सचेतना कार्यक्रमहरू सञ्चालन हुनेछन्।

त्यसपछि चैत २०–२५ मा गणक तथा सुपरिवेक्षकको अन्तर्वार्ता र नतिजा प्रकाशन, चैत २६–बैशाख २ मा तालिम, तथा चैत ३० देखि असार ७ सम्म स्थलगत तथ्याङ्क संकलन गरिनेछ। असार ८–११ मा छलफल तथा बिदाइ, असार १२–१६ मा अनलाइन प्रविष्टि, असार १७–२१ मा फाराम रुजु तथा ढुवानी, र असार २२–२६ मा आन्तरिक लेखापरीक्षण गरिनेछ। अन्ततः असार मसान्तसम्म जिल्ला आर्थिक गणना कार्यालय बन्द गरिने जनाइएको छ।

प्रतिक्रिया
Share This Article