६ कार्तिक, कलैया— वर्षौंदेखि अधुरो रहेको मानवत मटिअर्वा अन्तर्गत कलैया–सितलपुर सडक खण्ड निर्माणका लागि युवाहरु एक सत्ता देखि वृहत् हस्ताक्षर अभियानमा जुटेका छन्।
करिब ३ किलोमिटर सितलपुर देखि संस्कार एफएम सम्म बन्न सकेको छैन्। भन्ने विचमा बाँकी रहेको ग्रावेल सडक मटिअर्वा देखि सितलपुरसम्म र पिलुवा देखि संस्कार एफएमसम्म दुईतिर कलोपत्रे भईसकेको छ।
यो सडक धुलो, हिलो र खाल्डाखुल्डीले दुर्घटनाले त्रासदी बनेसँगै सहरको मुहार नै कुरुप देखिएको छ । नेता तथा स्थानीय निकायको पटक-पटकको आश्वासनबाट दिक्क भएका युवाहरूले ‘उठ र गर’ भन्ने बाटो रोजेका हुन्।
सौरभ पाण्डे लगायतका युवाहरूको अगुवाइमा सुरु भएको यो अभियानमा बिहानैदेखि बेलुकासम्म घर–घर र चौक–चौकमा पुगेर हस्ताक्षर संकलन भइरहेको छ, जहाँ भाइटीकाको दिनमा समेत नागरिकहरू लाइन लागेर हस्ताक्षर गरिरहेेका छन्।
हालसम्म २,००० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ र उनीहरूको लक्ष्य ५,००० हस्ताक्षर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएर सडक निर्माणका लागि दबाब दिने रहेको बताएका छन्।
स्थानीयवासी, वृद्ध, महिला र व्यवसायीको समेत स्वस्फूर्त साथ पाएको यो अभियानले यदि सरकारले तत्काल सडक निर्माणमा ध्यान नदिए अर्को चरणमा सामूहिक आन्दोलन गर्ने चेतावनी दिएको छ।
विभिन्न राजनितिक दलका नेता मन्त्री समेतले सिलान्तास , आन्दोलन , निरिक्षण ढाठ नै लगाएर टायर बालेर चक्का जाम भयो ।र संसदमा पनि अपुरो सडक खण्डलाई बनाउन अवाज नउठेका पनि होईन्न्। स्वय मेयर विनोद साहले अनसन वस्ने घोोषणा गरेका थिए।
यसका वावजुद पनि ठेेकेदार, पोल , खाानेपानी पाईप सार्नेका विच वर्षातका कारण अलपत्रलाई कालोपत्रे बनाउने आश्व्वसनमा स्थानियले आश्व्वत हुन नसकेको भन्दै फरक ढंगले अभियान शुरु भएको छ। सरोकारवालले गम्भीर हुन जरुरी देखिन्छ।