हैजा रोग महामारी विरुद्धको खोप जिसस सभापति साहले पहिलो खोप खाएर कलैया अस्पतालबाट गरे शुभारम्भ

दाश पन्न्नालाल दाश पन्न्नालाल 340 Views

दास पन्नालाल 

२७ असाेज, कलैया— आज बारामा हैजा रोगको महामारी विरुद्ध प्रति कार्य खोप अभियानको सुभारम्भ जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले खोपको पहिलो डोज (थोपा ) खाएर  गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय बाराद्धारा आयोजित कार्यक्रमको असोज २७ – २ कार्तिकसम्म जारी रहने सो कार्यको थालनी भएको हो।

पर्साको वीरगञ्जबाट शुरू भएर बारामा पनि ९ जनामा हैजाको जिवाणु फेेला परेका थिए।

यसैगरि यस पहिलो खोप अभियान कार्यमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई प्रशिक्षित चिकित्सक, स्वास्थ्यकर्मीले हैजा विरुद्धको खोप अभियानमा खोप ( थोपा) खुवाई सत्ताव्यापी  कार्यक्रमको पहिलो दिनको थालनी गरिएको हो।

यसैगरि, पहिलो खाेप लिनेहरूमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नाथु साह र नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी  स्वास्थ्य कार्यालयका निमित प्रमुख रामनरेश यादव विशिष्ट व्यक्तित्वहरु समेत चिकित्सक स्वास्थकर्मी साथै सो अभियानमा नेपाल पत्रकार माहसंघका उपाध्यक्ष पन्नालाल दास, संचारकर्मी प्रभु यादव लगायतका  समेत सहभागी भएका थिए।

विश्व स्वास्थ्य संगठन (WHO) को सहयाेगमा सञ्चालित यो अभियान पर्सा जिल्लामा हैजा पुष्टि भएपछि त्यससँगै जोडिएका ६ वटा स्थानीय तहहरू: कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, बश्रामपुर गाउँपालिका र फेटा गाउँपालिकामा केन्द्रित छ।

जन स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख राम नरेश यादवले जानकारी गराएअनुसार यस खाेप कार्यक्रमबाट ६ वटा स्थानीय तहका कुल ३ लाख ६५ हजार ९ सय ३१ जना लाभान्वित हुनेछन्।

यो खाेप जीवन बचाउने र रोगको महामारीलाई समुदायबाट हटाउने सबभन्दा प्रभावकारी उपाय भएकाले यो खोप हाम्रै सुरक्षाको लागि हो।

हैजा जस्तो घातक रोगबाट बच्न र परिवार तथा समाजलाई सुरक्षित राख्नका लागि सबैले ढुक्क भएर खाेप लिनु अति आवश्यक छ, जसले गर्दा समाजमा हैजा नियन्त्रणका लागि सकारात्मक सन्देश प्रवाह भई सामूहिक स्वास्थ्य सुधारमा ठूलो टेवा पुग्नेछ।

यसैगरि यस खोप अभियान कार्यमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई प्रशिक्षित चिकित्सक, स्वास्थ्यकर्मीले हैजा विरुद्धको खोप अभियानमा खोप ( थोपा) खुवाई सत्ताव्यापी  कार्यक्रमको पहिलो दिनको थालनी गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबै व्यक्तिलाई खोप नाम दिईएको मुखमार्फत डेह्र मिलिको थोपा खुवाइने छ। यो खोप अभियान असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। बारामा करिब ३ लाख ६५ हजार ९ सय ३१ जनालाई लक्षित गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार यो खोप अभियानले आगामी वर्षमा देखा पर्न सक्ने महामारीलाई रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ। उनले भने, “हैजा रोग विरुद्धको खोपले कम्तीमा ६ महिनासम्म रोगको संक्रमण हुन नदिने र दीर्घकालीन प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छ।”

स्वास्थ्य अधिकारीहरूले बाराका स्थानीय तह र नागरिकलाई सचेत रहँदै खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा खोप खुवाईने छ।

अभियान अन्तर्गत एक वर्षभन्दा माथिका सम्पूर्ण जनसङ्ख्यालाई शतप्रतिशत खोप खुवाइनेछ। खोपलाई सहज बनाउन सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, सुरक्षाकर्मी रहने स्थान, कलकारखाना, बसपार्क, सीमा नाका र आवश्यक स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिनेछ।

प्रतिक्रिया
Share This Article