सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर २ मृत्यु ६ जना घाइतेको उपचार हुदै

दाश पन्न्नालाल दाश पन्न्नालाल 279 Views

दास न्नालाल

२५ असोज , बारा— आज विहानै ०८:५० बजेको समयमा बाराको सिम्रौनगढ नगरपालीकामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। भन्ने अन्य  घाईाते भएका छन्।

वडा नं ६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा घर लिप पोत गर्नको लागि माटो खने क्रममा माटोको ढिस्कोमा मानिसहरु पुरीएको हो।

मृत्यु हुनेमा स्थानिय  सिम्रौनगढ नगरपालिका – ६ सानो इटवाल बस्ने दशरथ महतोको श्रीमती अं.बर्ष ७० की शारदा देवी महतो रहेकी छिन्।

उनलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैया लादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।मृतकको लाश अस्पतालमा रहेको छ।

र  सिम्रौनगढ नगरपलिका- ५ सानो इटवाल बस्ने राजेश्वर महतोको छोरा अं.बर्ष १५ को निरहुवा भन्ने सुनिल महतोको मृत्यु भएको छ।

उनलाई उपचारको लागी कलैया मेट्रो अस्पताल पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

त्यसैगरि, उक्त माटोको ढिस्कोमा दबिएर अन्य ६ जना घाईाते भएका छन्।

घाईते हुनेमा  सिम्रौनगढ नगरपालिका- ६ सानो इटवाल बस्ने बिश्वनाथ महतोको छोरा अं.बर्ष १४ को साजन महतो,

वडा- ५ सानो इटवाल बस्ने राज किशोर महतोको छोरा अं.बर्ष १५ को नितेश महतो सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भई रहेको हात खुट्टा टाउको मा चोट अवस्था समान्य रहेको छ।

त्यस्तै  वडा नं- ५ सानो इटवाल बस्ने बृजकिशोर महतोको छोरी अं.बर्ष १४ की रानी कुमारी महतो सिम्रौनगढ कंकाली अस्पतालमा ,

वडा नं- ६ अमरपुर बस्ने सन्तोष मुखीयाको छोरा अं.बर्ष १८ को गौतम मुखियाको प्रादेशिक अस्पताल कलैयामा उपचाार  भईरहेको छ।

त्यसैगरि, लक्षमी महतोको छोरी अं.बर्ष १४ की सुशिला कुमारी महतो धर्म नगर अस्पताल सिम्रौनगढमा र प्रभु शर्मा छोरा अं.बर्ष १५ को राजा बाबु शर्मा ढाड र कम्मर मा चोट सिम्रौनगढ धर्मनगर अस्पतालमा उपचार भई रहेको छ।

भनि इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा खबर प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी निरिक्षक पवन पछाई को कमाण्डमा १४ जना प्रहरी उद्दार कार्यमा खटेका उनले बताए।

र सश्त्र प्रहरी बेश सिम्रौनगढ बारा बाट स.प्र.स.नि.को कमाण्डमा ७ जनाको टोली खटी गएको , पुरीएको ६ जना मानिहरुलाई निकालि उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता् विजयराज पण्डितले जानकारी गराएका छन्।

 

प्रतिक्रिया
Share This Article