माईतिघरमा प्रहरीको धरपकड १४ जना जेनजी पक्राउ, सरकार विरुद्ध नारावाजी

दाश पन्न्नालाल दाश पन्न्नालाल 311 Views

 

भुषण कुमार —-

२३ असोज, काठमाडौं –आज जेन जीका समूहले  माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

जेन-जीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए ।

अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

पक्राउको विरोधमा कार्की सरकार विरुद्ध प्रदर्शन भइरहेको छ। जेन जिहरु उलेखय

प्रतिक्रिया
Share This Article