बोक्सी भन्दै कपाल काटि, कुटपिट अमानविय दुर्व्यवहार गरेको आरोपमा बारा प्रहरीद्धारा लालदेव पक्राउ, ३ जनाको खोजी तिब्र

दाश पन्न्नालाल दाश पन्न्नालाल 336 Views

१५ असोज, बारा—

 आजको एकाईसौ शताब्दीको आधुनिक युगमा तन्त्रमन्त्र जादु टोना जस्ता अन्धविश्वासमा बोक्सा बोक्सीको आरोपमा प्रताडित गरिनु सामाजिक अपराध हो। कानुनमा कडा सजायको व्यवस्था भए्पनि प्रहरी प्रशासनले एक्सन नलिदा यस्ता घटना समाजमा हुदै आएको हो।

मान्छे चन्द्रामा पुग्यो हाम्रा समाज पाखण्डी धामी ओझा ( भगता) को झारफुक टोटकाको घनचक्करमा अपराधमा संलग्न हुदै आएको हो।  बोक्सी एक कुप्रथा हो जसरी सति कुप्रथा थिए।

तर अब सामाजिक न्यायको पालनामा प्रहरी कठोर बनेको छ। कमजोर अबला गरिब निमुखा माथि अन्याय गरि विभिन्न लाञ्छना लगाउनु दणडनिय हो।  यस्तै एउटा घटनामा प्रहरीले सख्त कदम चालेको छ।

बाराको सुवर्ण गाँउपालिका – ८ मझरीया गाउँकी ३३ वर्षीया सुरुजकली देवी लाई गाँउकै केहि व्याक्तिहरुले कानुनको धज्जी उडाउदै बोक्सीको आरोप लगाएर असोज ११ गते कुटपिट गर्नुका साथै कपाल काटि  कुटपिट गरि अमानविय दुर्व्यवहार समेत गरेको घटना प्रकाशमा आएको हो ।

सो घटनामा संलग्न ४ मध्ये एक लालदेव पंडितलाई बारा परहरीले जाेरीको आधाारमा पक्राउ गरेको छ । उबलाई म्याद थप गरिएको प्रहरी निरिक्षक दिलिप थापाले जानकारी गराए।

आफू माथी अन्याय भएको भन्दै पिडितले जिल्ला प्रहरी कार्यालय कलैया बारामा किटानी जाहेरी दिएका हुन ।       

 उनले दिएको जाहेरी अनुसार गाँउकै बाबुसाहेब यादव, लालदेव पंडित, बिक्रम पंडित, सुरेश यादवसहितकाले बोक्सीको लञ्छना लगाएर कुटपिट गर्दै अर्धनग्न बनाइ कपालसमेत काटि दिएको उल्लेख गरिएको छ।

बिक्रम पंडित र लादेव पंडितले पिडित सुरुजकली देवीको निजी जग्गामा जबरजस्ति बाटो बनाएपछि त्यसविरुद्ध गाँउको प्रहरी चौकीमा उजुरी दिन गत असोज ११ गते जाने क्रममा बाटोमै उनलाई रोकेर बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गर्नुका साथै अर्धनग्न बनाएर कपालपनि काटिदिएको उजुरीमा उल्लेख छ ।

पिडित सुरुजकली देवीले घटना भएकै दिन कलैया अस्पतालमा आफ्नो घाउचोटको उपचार गराएपछि त्यहि दिन पिडकहरु ३५ वर्षीय बाबुसाहेब यादव, ५० वर्षीय लालदेव पंडित, ५५ वर्षीय बिक्रम पंडित र ४५ वर्षीय सुरेश यादवविरुद्ध कारबाहीको माग गर्दै किटानी जाहेरी दिइएको हो ।

पिडित महिलाका पति भुषण कुमार पंडितले रोजगारीको शीलशीलामा आँफु काठमाडौं रहेका बेला गाँउमा आफ्नी पत्निमाथि अमानवीय व्यवहार गरिएको बताए , उनले भने, म काठमाडौंमा थिए। 

घटनाको दिन छोरीले रुदैं फोन गरेर आमासंग् त्यस्तो दुव्र्यवहार गरिएको सुनाइन् आफू आएर जिल्ला प्रहरी कार्यालय बारामा बुझ्दा निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिलिप थापाले भने आरोपित मध्येका ५३ वर्षीय लालदेव पंडितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए ।                                 

अरु तीन जना आरोपित फरार रहेको र उनिहरुको पनि खोजी कार्य भइरहेको थापाले बताए । जाहेरीमा नाम उल्लेख भएका चारै जना आरोपित विरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार र बोक्सी सम्बन्धि कसुरमा मुद्धा दर्ता गरेर प्रहरीले कारबाही प्रकृया अगाडि बढाइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया
Share This Article