महिलालाई अवसर, महान्यायाधिवक्तामा भण्डारी नियुक्त

दाश पन्न्नालाल
1 Min Read

 

२९ भदौ,काठमाडौं —  जेन- जीको विद्रोहले  भएको सत्ता उलटफेरसँगै  महान्यायाधिवक्तामा अवसरको रोजाईमा महिला नै नियुक्त भएकी छिन्।  राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका किरण पखरेलले जानकारी दिए । भण्डारी नेपालको पहिलो महान्यायाधिवक्ता समेत बनेकी छिन् ।

आजै यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । नवनियुक्त महान्यायाधिवक्ता भण्डारी सूचना आयोगकी पूर्वआयुक्त पनि हुन्।

न्यायिक वृत्तमा सबैले गुरू मान्ने कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । आइतबार बिहान प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ता बन्न भण्डारीलाई प्रस्ताव गरेको र उनले स्वीकार गरेपछि नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *