प्रधानमन्त्री नियुक्ति शपथ मध्यराती संसद विघटन, फागुन २१मा निर्वाचन हुने

दाश पन्न्नालाल दाश पन्न्नालाल 221 Views

मुन्ना कुमार—

भदौ २८, काठमाडौँ  — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् ।

नवनियुक्त प्रधानमन्त्रीले शपथसँगै  २७ गते भदौ मध्यराति संसद विघटनको सिफारिस गरेकि थिईन्। संसद विघटन को सिफारिस  राष्ट्रपतिबाट सोही  स्वीकृत भएको छ ।

राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद्‍ विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् ।

भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच कार्कीले शु्क्रबार राति नै प्रधानमन्त्री पदको शपथ लिएकी थिइन् ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

आजै मन्त्री नियुक्त गरिने जानकारी प्राप्त भएको छ। जेन- जी प्रितिनिधि सहितका सानो आकारको मन्त्रीमण्डल विस्तार गरिने छ।

 

प्रतिक्रिया
Share This Article