संवाहकअनलाईन/ राष्ट्रिय दैनिकसरोज दास
२०,बैशाख , कलैया — आज ३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बारा शाखाले सदरमुकाम कलैयामा प्रभात फेरी निकालेको छ। महासंघद्धारा आयोजित प्रभातफेरि नगर परिक्रममा पछि भरत चोकमा कोणसभा गरी सम्पन्न भएको हो।

। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कोणसभामा शुभकामाना मन्तव्य व्यक्त गर्दै पत्रकारको पेशागत सुरक्षासँगै आफु मर्यादित भई सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिए। साथै उहाँले अरु वेला र महासंघले आयोजना गरेको कार्यक्रममा सहभागिताको विषयलाई जोडदै केवल सुविधाको लागि कार्ड लिन मात्र सिमित यस्ता प्रवृतिमा सुधार ल्याउन उनले भने।

यसैगरि, कोणसभामा महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, प्रदेश कोषाध्यक्ष अनिल कुमार गौरव, प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम निवर्तमान उपाध्यक्ष रामबाबु मेहता, महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान लगायतकाले प्रेस जगत र पत्रकार माथिको हत्या आक्रमण असुरक्षा दिनानुदिन बढ्दै गएको प्रति राज्य गम्भिर
हुन आग्रह गरेका थिए।

पेशागत सुरक्षाको लागि महासंघ एकजुट भएर लाग्न प्रतिबद्धता व्यक्त गर्दै माहसंघले गर्ने कार्यक्रम प्रति सबे सहयोगी भएर सफल बनाउन पत्रकारको दायित्व रहेको बताए। र महासंघले पनि सबैलाई साझा रुपमा लिएर हिडन सुझाएका थिए।
राज्यले पत्रकारको सुरक्षा आश्रित परिवारलाई भरणपोषणको सुनिश्तिता गर्नु जरुरी रहेको बताउदै शुभकामना मन्तव्य व्यक्त गरे।महासंघद्धारा आयोजित कोणसभा शाखा अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा भएको थियो ।

उक्त कोणसभाका सञ्चालन गर्दै महासंघका उपाध्यक्ष पन्नालाल दासले प्रभात फेरि र कोण सभामा सहभागी पत्रकार सम्पुर्णलाई स्वागत गर्दै विश्व स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
पत्रकारले आफु सुरक्षित रहि पुर्ण आचारसहिंताको पालना गर्नु पर्नेमा उपाध्यक्ष दासले जोड दिए। महासंघले पत्रकारको हकहित, सुरक्षा र दण्डहिन्ताको अन्त्यको लागि गरेको कार्यक्रममा न्युन्ताको प्रश्न उठिरहेको प्रति सजग र सचेत भई अग्रिम भुमिका सुधारोन्मुख होस भन्ने सुझाए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका सदस्य संजीव कुमार मिश्र, बृजमोहन कुशवाहा, साजिर मन्सुर, प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , पत्रकार महासंघ बाराका उपाध्यक्ष प्रियंका दास, पुर्व उपाध्यक्ष राकेश पाण्डे, श्रमजिवी पत्रकार संघका अध्यक्ष शिवशंकर मिश्रा, मेची महाकाली सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेस युनियन बाराका सचिव राजेश कुशवाहा, कोषाध्यक्ष अरुण साह , पत्रकार संदिप यादव लगायतका पत्रकारहरुको सहभागिता रहेका थिए।
प्रतिक्रिया