संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
१८ बैशाख, कलैया— आज बाराको फेटा गाँउपालिका – ७ गमहरिया चोक नहरमा बेलुका ३ बजेर ४० मिनेटमा पिकअपले अटोलाई ठक्कर दिदा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भन्ने अर्का एक जना घाईते भएका छन्।
उक्त सवारी दुर्घटनामा परि जिल्ला बारा बिश्रामपुर गाँउपालिका – ५ ईटियाहि टोल बस्ने सुनिल पण्डितको छोरा अं.बर्ष १३ को समर पण्डितको विरगंज स्थिश नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। मृतक पणडितको शव सोहि अस्पतालमा रहेको छ।
त्यसैगरि उकत दुर्घटनामा परि घाईते हुनेमा चितवन जिल्ला खैरेनी गाँउपालिका -६ पुलटोल बस्ने हरीशरण हजरा रहेका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ भन्ने सोही असपतालामा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।
गम्हरिया चोक नहर स्थित फेटाबाट मटिअर्वा तर्फ जादै गरेको बा ०१-०३० च १४२१ नम्बर पिकअपले बिपरित दिश बाट आउदै गरेको ना २ ह ४८८९ नं.को अटोलाई ठक्कर दिदा अटोमा सवार चालक सहित ८ जना मध्य २ जना घाईते भएका थिए।
घाईतेको उपचारको लागि नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भएको जनाएको छ।
अटो चालक बाराको कलैया उपमहानगरपालिका – २० बसतपुर बस्ने अं.बर्ष ५३ को अबुलयस मिया अस्थाई प्रहरी पोष्ट जोतपुर बाराको नियन्त्रणमा रहेको छ भन्ने पिकअप कलैया उपमहानगरपालिका – १२ धर्मनगरमा बा ०१-०३० च १४२१ नं.को पिकअप सडक साईडमा पल्टिरहेको अवस्थामा प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।
पिकअप चालक फरार रहेकोले खोजतलास कार्य भईरहेको अटोमा सवार अन्य यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विजय राज पंडितले जानकारी गराएका छन्।