संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
१५, बैशाख, बारा— आज बिहान साढे तीन बजेको समयमा बाराको जितपुर सिमरा उपमहानगरपालिका -२२ ३ नं. पुल नजिक बस दुर्घटना भएको छ।दुर्घटनामा परि तीन भारतिय यात्रु सहित चालक सह चालक गरि १९ जना घाईते भएका छन्।
बस अर्का बसलाई क्कर दिएपछि दुर्घटना परि घाईते मानिसहरुको उपचार भईरेहेको र उनिहरुको अवस्था समान्य रहेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामङले बताएका छन्।
हेटौँडा बिरगंज सडक-खण्डमा पोखराबाट रौतहट तर्फ आउँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिएको हो।
ठक्करपछि बस अनियन्त्रित भई पथलैयाबाट हेटौँडा तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ५१८७ नं. को कोईला लोड लहरी ट्रक सडक छेउमा बिग्री रोकिराखेको अवस्थामा उक्त ग २ ख १६५५ नं. को बस ठोकिन गई सडक भन्दा ५ मिटर तल खसि दुर्घटना भएको हो।
उक्त बसमा सवार मानिसहरु घाईते भई अस्पतालहरुमा पठाईएको उक्त स्थानमा इलाका प्रहरी कार्यालय अम्लेखगंजका सई टेक बहादुर कार्कीको नेतृत्वमा प्रहरी टोली खटि गई घाईतेको उद्धार गरि अस्पताल पठाएको सई कार्कीले बाएका छन्।
सवारी साधनहरु घटना स्थलमा नै रहेको हटाउने कार्यसँगै एकतर्फी बाटो सुचारु गरिएको छ भन्ने ग १ ख ११५४ नं.को बस र बस चालक चितवन राप्ति नगरपालिका -३ बस्ने बर्ष ४७ को तिलक बहादुर थापा मगर इ.प्र.का.अम्लेखगंजको नियन्त्रणमा रहेको छ बारा प्रहरीले जनाएको छ।
बस दुर्घटनामा परि घाईते हुनेहरुमा ग २ ख १६५५ नं को बस चालक कास्की जिल्ला रुपा गाँउपालिका-७ बस्ने बर्ष ४० को रवि कु.ताम्राकार , सह चालक कास्कि बस्ने अं. बर्ष ५० को बासुदेव अधिकारी रहेका छन्। शरिरमा चोट पटक लागि द अवस्था समान्य रहौको छ।
यसैगरि, बसमा सवार तनहुँका भानु नगरपालिका -८ बस्ने बर्ष ३० को अनिल कु.बस्नेत , पाँचथर फिदिम नगरपालिका -५ बस्ने बर्ष ३२ को खर्क सिंह तुमवापो रहेका छन्।
त्यस्तै, बसमा सवार तीन जना भारतीय जिल्ला भङकुरा बस्ने बर्ष ४६ को बिलाश दाशको निधार,दुबै हातमा चोट अवस्था मध्यम, जिल्ला सिलोङ बस्ने कमल सिंह थापाको छोरा बर्ष २५ को रेशम थापा र सोही ठाँउका हेमलाल क्षेत्रिको छोरा बर्ष २८ को सागर क्षेत्रि को मुख,बायाँ हातमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको जनाएको छ।
यसैगरि, सप्तरी रुपनि गाँउपालिका -३ बस्ने बर्ष २८ को रबिन्द्र माझि र हलुवा नगरपालिका-१ बस्ने बर्ष २० को भरत ईश्वरको हेटौडा स्थित अस्पतालमा उपचार भईरहेको छ।
त्यस्तै, पाँचथर जिल्ला हिलेहाङ गाँउपालिका -६ बस्ने बर्ष ६० कि बुद माया याव, सल्यान जिल्ला कालिमाटि गाँउपालिका -३ बस्ने अं. बर्ष २८ कि पुष्पा वलीर झापा दमक नगरपालिका -१ बस्ने बर्ष २० को निशा लिम्बु ,दोलखा बिष्णु गाँउपालिका -५ बस्ने अम्बर ब. खड्काको छोरा बर्ष १९ को अनुराग खड्का रहेका छन्।
यसैगरि, ईलामका सुर्यदैले नगरपालिका -१२ बस्ने बिरमान राईको छोरी बर्ष २२ कि मनिषा राई , सोही जिल्लाका देवमाई नगरपालिका -८ बस्ने बर्ष २९ को दल ब.राई, ईलाम ईलाममाई नगरपालिका -४ बस्ने बर्ष ३१ को राजेन्द्र सुनुवार , ईलाममाई नगरपालिका-१ बस्ने बर्ष ३७ को तेज ब.राई र ऐ.ऐ. बस्ने बर्ष २७ को संजिव राईको गाला,शरिरमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको छ ।
अर्का घाईते खोटाङ केपिलास गढि गाँउपालिका -७ बस्ने बर्ष ३२ को टेक ब.राईको टाउको,अनुहारमा चोट अवस्था मध्यम रहेको र उनको स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको छ ।
बसमा सवार यात्रु र बसका चालक सह चालकसबैको हेटौडा स्थित विभिन्न अस्पतालमा उपचार भईरहेको र घाईतेको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी डिएसपी बिजय राज पंडितले जानकारी गराएका छन्।