यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दासले सेवाप्रवाह दुुरुस्त पारेसँगै साढे सात करोड राजश्व संकलन गरे

दाश पन्न्नालाल
3 Min Read
११ बैशाख,कलैया– कार्यालय प्रमुख अबिन्दर दास यातायात व्यवस्था कार्यालय कलैया बारामा कार्यभार सम्हाले यता चुस्त कार्यालय व्यवस्थापन सँगै राजश्व संकलनमा उल्लेख्य बृद्धि भएको छ।

चालु आर्थिक वर्षको वैशाख  पहिलो सातासम्ममा रु. सात करोड ३६ लाख भन्दा बढी राजश्व संकलन गरेको कार्यालय प्रमुख दासले बताएका छन्।

कार्यालयको राजश्व संकलनको तथ्यांकले समेत उनी हाजिर हुनु  अघि पछिल्लो चार महिनामा जम्मा तीन करोड जति रहेकोमा उनको अवधिको पछिल्लो माघ ९ देखि चैत्र मसान्तसम्म तीन महिना मै चार  करोड राजश्व संकलन भएको छ, उनले थपे।

यस अवधिसम्म रु. सात करोड ३६ लाख ५७ हजार ६७५ राजस्व संकलन भएको जानकारी दिए । “कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म रु. चार करोड ३० लाख राजस्व संकलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म रु. तीन करोड छ लाख ५५ हजार राजस्व संकलन भएको छ । पछिल्ला महिनामा राजश्व संकलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ”,  उनले भने ।

कार्यालयका अनुसार तीन महिना यता प्रति महिना औसतमा रु. एक करोड दुई लाख रकम राजश्व संकलन हुँदै आएको तथ्यांकले देखिन्छ । कार्यालयले आन्तरिक सुशासन र सेवा प्रवाहलाई चुस्त बनाएसँगै राजश्व संकलन बढेको जनाएको छ ।

यस रकममध्ये सबैभन्दा धेरै राजश्व  संकलन चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु. तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट रु. तीन करोड ४० लाख ३९ हजार ९४३ रुपैया संकलन भएको छ ।

यातायात क्षेत्रको आम्दानी बापत रु. ४० लाख ८४ हजार ५४० राजस्व संकलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत रु. २५ हजार ५०० र बेरुजुबापत रु. ६७ हजार ३३६ रकम संकलन भएको छ । कार्यालयले चालु आवमा करिब रु. १० करोड राजश्व संकलन हुने अनुमान गरेको छ ।

कार्यालयबाट हप्ताको पाँच दिन लिखित र सोही दिन ट्रायल लिईने प्रणाली लागू गरिए पछि समय र आउने जाने र बासको निम्ति व्योरिने फजुल खर्चको बचतले सेवाग्राही सन्तुष्ट भएका छन्। अर्कै दृष्टिकोणले कार्यालय प्रति गरिने विभिन्न किसिमका अनरगल अफवाहको पछि नलाग्न सेवाग्राहीलाई कार्यालय प्रमुख दासले सजग गराएका छन्। सेवाप्रवाहको सवालमा गुनासो आउन नदिन कार्यालयका कर्मचारीलाई सेवाप्रवाह छिट्टोछरितो गर्न बडा निर्देशन दिएको  प्रमुख दासले बताए।

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *