संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
१५ चैत्र, कलैया— आफ्नो ७० औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बारा शखाले आज कलैयामा दिप प्रज्जवलन गरेको छ।

महासंघका जिल्ला उपाधयक्ष पन्नालाल दासको अध्यक्षतामा आज साँझ जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा दिप प्रज्जवलन गरेको हो ।
पत्रकारहरुको छाता संगठनको रुपमा रहेका पत्रकार महासंघको स्थापना दिवसमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्यतमा दिप प्रज्जवलन गरिएको हो।
उक्त अवसरमा विशिष्ट अतिथि पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरव, नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष एवम् वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, महासघ मधेश प्रदेश सदस्य साजिर मंसुर , पत्रकार महासंघका पुर्व जिल्ला उपाध्यक्ष राकेश पाण्डेय, पुर्व सचिव जयनारायण यादव, पुर्व सह सचिव संजय तिवारी, महासंघका कार्यसमिति सदस्य धिरेन्द्र तिवारी, पत्रकार राजेश कुश्वाहा, अनिल वर्मा लगायतका संचारकर्मीहरुको उल्लेख्य सहभागितामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो।