संवाहक
अनलाईन/ दैनिक
१५ चैत्र, कलैया— डाक्टरलाई धम्की दिई २० लाख फिरौती माग गर्ने बारामा एक जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी संतोष तामाङले जानकारी गराएका छन्।
कलैया उप-महानगरपालिका – ५ घुसुकपुर बस्ने प्रेमलाल पाण्डेयको छोरा वर्ष ३० को डा. बिकेश कुमार पाण्डेयलाई २०८१ चैत २ गते देखी डाक्टरलाई धम्क्याउदै फिरौती मागेका थिए।
पक्राउ पर्नेमा धम्क्याउने तथा फिरौती माग्ने कार्यमा संलग्न रहेको कलैया उप-महानगपालिका – ५ घुसुकपुरमा बस्ने भृगुनाथ मिश्रको छोरा वर्ष ४८ को मदन मिश्र रहेको प्रहरीले जनाएको छ।
उनी अज्ञात व्यक्तिको नामाबाट पटक पटक फोन गरी धम्क्याउने तथा ऐ.प्लस हस्पिटलमा बम राखिएको भनी फिरौती रु.२० बिस लाख नगद मागेका थिए।
घटना बारे जिल्ला प्रहरीमा जानकारी गराए पश्चात अनुसन्धान गर्दै जाँदा धम्क्याउने तथा फिरौती माग्ने कार्यमा संलग्न रहेको अपराधमा मिश्रलाई बिहार प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयबाट खाटिएको विशेष प्रहरी टोलीले सीमावर्ती विहार राज्य मोतिहारी प्रहरीको सहयोगमा कलैया उप-महानगरपालिका वडा नं. १० शिवपुर चिउटाहाबाट आज पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीका सूचना अधिकारी एवम् प्रवक्ता विजय राज पण्डितले जानकारी गराएका छन्।