लागू औषध गाँजा सहित ४ जना पक्राउ

दाश पन्न्नालाल दाश पन्न्नालाल 196 Views

संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

१३ चैत्र, कलैया— जिल्ला प्रहरी बारा मातहतका इलाका प्रहरी कार्यालय बाराले लागु औषध गाँजा सहित ४ जना मानिसलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

गएराती अं.०१;४५ बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका – ४ औराहा स्थित दुधौरा खोलाबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जिल्ला ब जितपुरसिमरा उपमहानगरपालिका – २२ चक्री टोल बस्ने अ.बर्ष ४२ को बुध्द घलान,  ८ बस्ने अ.बर्ष ३६ को नन्दकिशोर सहनी , सोही वडाका अ.बर्ष २८ को बिर बहादुर डम्वा र
जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालका – १५ रातोमटि बस्ने अ.बर्ष २७ को सोमलाल पाख्रीन रहेका छन्।

उनिहरु खोल हुँदै टाउकोमा राखि रतनपुरबाट बकुलिया तर्फ जाँदै गरेको अवस्थामा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी सहायक निरिक्षक प्रदिप प्रसाद पाण्डेको कमाण्डमा खटिएको टोलि र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साको संयुक्त रुपमा खटिएको टोलिले लागु औषध गाँजा सहित ४ जनालाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रवक्ता  प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले जानकारी गराएका छन्।

तौल नगरेको ६ बोरा अं.१ सय ५० किलो ग्राम  लागू औषध गाँजा सहित  ४ जना मानिसहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.सिमरा बारामा ल्याई थप अनुसन्धान भइ रहेको डिएसपी सुभद्रा वाईवाले बताईन्।

प्रतिक्रिया
Share This Article