मृतक छोरीको शव राखेर मृतक परिवारजनद्धारा कलैयामा प्रदर्शन, दोषीमाथि कार्यवाहीको माग

दाश पन्न्नालाल
2 Min Read

 संवाहक

अनलाईन / राष्ट्रिय दैनिक

१२ चैत , कलैया— आज बाराको कलैयामा मृतक परिवारले झुण्डिएर आत्महत्या गरेकी एक छात्राको शव लिई प्रदर्शन गरेका छन्।

मृतक छात्रा महागढीमाई नगरपालिका – ६ वबुआईनका रामअधिन चौरसियाकी १६ वर्षिय छोरी गुन्जा चौरसिया हुन्। उनी भर्खरै शुरु भएको माध्यमिक परीक्षा एसईई दिईरहेकी थिईन्।

मृतक श्री नेपाल रष्ट्रिय माध्यमिक विद्यालय वबुआईनका छात्रा थिईन्। तीन विषयको परिक्षा दिईसकेकी उनी हिजो विहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेेला परेकी प्रहरीले जनाएको छ।

जिल्लाको सदरमुकाम कलैयाको मुख्य चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी महागढीमाईका नगर सभापति रामाकान्त यादवको अगुवाईमा मृतक परिवारजन सहित चोकमा शव राखी घटनाको छानबिन गरि दोषी उपर कडा कार्यवाहीको माग गरिएको रास्वपाका जिल्ला सभापति चन्दन स्वर्णकारले जानकारी गराएका छन्।

मृतक चौरसियाको बुबा रामअधिन माथि कुटपिट तथा अङ्भङ मुद्दा प्रहरीमा दर्ता भएका कारण उनी लुकिछिपी बस्दै आएको हो।

उनलाई  पक्राउ गर्न प्रहरीले घरमा बारम्बार पुगि वुवाको पता दिन मृतक चौरसियालाई मानसिक यातना दिएकोले सहन नसकी आत्महत्या गरेकी आरोप लगाउदै प्रहरी, झगडिया यादव सहित संलग्न अन्य दोषीलाई कार्यवाहीको माग गरिएको छ।

शिवरात्रीको वेला स्थानिय रामानन्द यादवसँग जग्गा विवादमा रामअधिनको झैझगडा हुँदा कुटपिटबाट घाईते भएका यादवको तर्फबाट प्रहरीले मुद्दा दर्ता गरि मृतककी वुबा चौरसिया खोजीको सूचिमा रहेका छन्।

प्रादेशिक अस्ताल कलैयामा शवको पोष्टमार्टम भईसकेको रिपोर्ट आएपछि थप बताउन सक्ने र  घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका डिएसपी विजय राज पाण्डितले जानकारी गराएका छन्।

 

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *