संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
११ चैत, कलैया — नेपाल दलित संघर्ष समिति बाराले जिल्ला प्रशासन कार्यालय बारा कलैयामा दलितमाथि गरिएको विभेद जस्ता जातिय जघन्य सामाजिक अपराधलाई रोक्न र दोषी उपर कार्यवाहीको माग गर्देै ज्ञापन पत्र बुझाएको छ।
दलित संघर्ष समिति बाराका अध्यक्ष शिवदयाल पासवानको अगुवाईमा पुर्व मन्त्री कलावती पासवान, दलित अगुवा महेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान दलित अगुवा भदै राम , दिनेश पासवान लगायतकाले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाण्डौलाई सर्लाही र सिराहामा दलितमाथि गरिएको छुवाछुत र अमानवीय व्यवहारको लागि दोषीलाई कानुनी भागिदार बनाउन उक्त ज्ञापन पत्र बुझाएको हो।
सर्लाही जिल्लाको बसवरिया गाउपालिका वडा नं.५ (मानपुर) का २५ वर्षीय राजिव पासवानलाई मिति २०८१ साल चैत्र १ गतेका दिन हत्यामा संलग्न भएको आरोपमा १ जना प्रहरीको नियन्त्रणमा रहेतापनि हत्यामा संलग्न अपराधी विरुध कानुन वमोजिम पिडितलाई सुरक्षा सहित न्याय र दोषीलाई कडा भन्दा कडा कार्यवाहीको जोडदार मांग गरिएको छ।
त्यसैगरि, सिरहा जिल्लाको औरही गाँउपालिका – ५ मा धार्मिक महायज्ञ गर्न दलित दिपक मलिक डोमको घरमाथि डोजर लगाई घर भत्काएकोले घटनामा संलग्न रही फरार रहेका वावा बजरंगी लाई अविलम्व पक्राउ गरी कानुन बमोजिम हदै सम्मको कार्यवाही गरी विस्थापित डोम परिवारलाई सोही स्थानमा पुन:र्स्थापना गरी उचित क्षतिपूर्ति समेतको नेपाल सरकारले व्यवस्था गर्न माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ।
नेपालको संविधान जारी भएसंगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरिसकेको अवस्था छ। नयाँ युगको प्रारम्भसंगै नेपाल छुवाछुत मुक्त राष्ट्र २०६३ साल जेष्ठ २१ गतेका दिन घोषणा भइसकेको छ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८ ले मानव अधिकारको सम्बर्द्धन तथा संरक्षण गर्नका साथै कुनै पनि प्रकारको भेदभाव गर्न नपाईने र नेपालको संविधानको धारा २४ ले छुवाछुत र भेदभाव विरुद्धको हकलाई मौलिक हक र जातिय छुवाछुत र भेदभाव कसुर र सजाय ऐन २०६८ व्यवस्था गरेता पनि नेपालका विभिन्न भागमा दलित समुदाय माथी श्रृंखलावद्ध रुपमा भईरहेको अपराधिक निम्न घट्नाहरुप्रति नेपाल दलित संघर्ष समिति बाराको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
महायज्ञको नाममा जातिय विभेद गरी दिपक मलि डोमको घर भत्काएकोमा औरही गाँउपालिकाका अध्यक्ष शिवजी यादव र पुर्व वडा अध्यक्ष दिलिप यादवलाई कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरि थुनामा राखी आवश्यक प्रकृया अगाडी बढाईएको छ।
यस अघि सोही घटनामा दोषीलाई बचाउन र मुद्दा मिलाउन दबाब दिदै कानुनको परिपालनामा आनाकानी गरेकोले गृह मन्त्रालयले तत्कालिन सिडियोलाई पनि तानी सकेको छ। भन्ने विभेदका मुख्य नाईके बाबा बजरंगी अझै फरार रहेका छन्।
जातिय विभेद छुवाछुत कसुर गरेको पाईएमा कसुर अनुसार ३ महिना देखि २ वर्ष कैद सजाय र ५० हजार देखि ५ लाख सम्मको जरिवानाको कानुनी व्यवस्था छ।
दिपक डोम भन्छ ” छठी ब्रतमा दौरा सुपा हामी बनाएको चल्छ, त्यो शुुद्ध हुन्छ। हामी अशुुद्ध कसरी ? ” जवाफ माग्दै यतिमात्रै कहाँ हो र ! हरेक धार्मिक कार्यमा दौरा नाङ्लो साना बाँसको रंगिचङ्गी डाला र शुभ विवाहमा डाला मौर समेत शुभ र शुुद्ध हुने तर बनाउने हामी अछुत भए। त्यसो भए हावा रोकि देउ, सूर्यलाई छेेकि देऊ, मानव जीवन एक अर्काले फेरेको श्वास लिईरहेको छ , जीवन चक्र चलिरहेको त्यो चाहि मिलने ? अनि जाति अछुत कस्तो विडम्बना सरकारले न्याय देओस उनले भने।