पचरौता सडक विस्तार विवादमा दर्जन घर तोडफोड, सर्वदलिय नेताद्वारा घटनाको स्थलगत अवलोकन

दाश पन्न्नालाल
6 Min Read

 संवाहक

 राष्ट्रिय दैनिक / अनलाईन

१० चैत, बारा—- बाराको  पचरौता नगरपालिका -१ बेनौली गाँउमा सडक विस्तारको क्रममा दुई पक्ष बिच भएको तोड़फोड र झडपमा परि  दर्जन घरमा तोडफोड भएको छ भन्ने सुरक्षाकर्मी, नगरप्रहरी सँगै दर्जनौ मानिस घाईते भएका छन्।

बारम्बार झडप र ईंट ढुङ्गा हानाहान भई स्थिति तानावग्रस्त भएपछि सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त दास्ता तैनात भएका छन्। दुईटै प्रहरी संगठनका एसपीले सुरक्षाको कमाण्ड सम्भालेको अवस्था छ।

यसरी छानी छानी घर तोडफोड र  पक्ष विपक्षको सृजना भई सिंगै गाउँ नै द्धन्दमा फस्ने भयावह सम्भावना देखेपछि किशोरी यादवको आग्रहमा जिल्ला स्थित विभिन्न दलका नेता, जिल्ला अध्यक्ष लगायत घटनाको निरिक्षण अवलोकन गरेका छन्।

तोडफोड र झगडाको कारणबारे नेपाल प्रहरीका प्रहरी उपरिक्षक संतोष तामाङ, सशस्त्र प्रहरी र संचारकर्मीको रोहबरमा दर्जनौ  नेताले सत्य तथ्य बुझन स्थलगत अवलोकन गर्न शनिबार बेलुका पुगेेका थिए।

पुर्व सांसद रामबाबु कुमार यादव, संविधान सभा सदस्य रमेश यादव, जसपा नेता रामकिशोर यादव, पुर्व मेयर रमेश यादव, मेयर प्रत्यासी पिडित पक्ष किशोरी राय, जनमत पार्टीका जिल्ला ईन्चार्ज शिवनााथ पटेल, लोसपा नेता मेयर प्रत्यासी श्याम गुप्ता , जनमतका प्रभु पटेल, नेपाली कांग्रेसका जिल्ला सचिव प्रमोद यादव, जसपाका जिल्एला अध्यकत क्ष धरमबिर यादव , समाजवादीका हरिओम साह लगायतकाले स्थलगत उपज घटनाको बस्तु स्थितबारे बुझेका थिए।

यसको उचित निकासको लागि प्रहरी प्रशासन पक्ष विपक्षको समस्या सामाधान हेतु पहलकदमी गर्न विवाद अझ उग्र हुन नदिन तथा सहमतिको बाटो निकाल्न प्रयासरत रहेको जसपा नेता रामकिशोर यादवले बताए।

आवेग र पुर्वग्राही ढंगले अन्याय र दमन गर्नु भएन।दुइटै पक्ष संयमित रही विकासको लागि विनास नकि विकल्प सहित सामाधान खोज्नु उत्तम हुने भन्दै मेयर जसवारले नागरिकमा त्रासको बातवरण हटाउनु पर्ने दायित्व समेत रहेको उनको भनाई थियो।

गाँउको बाटो अवरुध रहेको छ। जेसिबी तोडफोड गरिएको अवस्थामा सडकमै छ। शान्ती सुरक्षाका निम्ति सुरक्षाकर्मी भारि संख्यामा खटिएको छ।

बाटो विस्तारको लागि बाराको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विहिवारको समय सिमा तोकेर सडकमा पर्ने घर समान हटाउन भनेका थिए, मेयर जलन्धर सिंह जयसवरले बताए।

टेन्डरमा काम दिईएको छ । बाटो अवरुद्ध गरि बाधक बनेकोमा  प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा निर्णय बमोजिम दिईएको समय सिमा नाघेको एकदिन पछि शुुक्रवार सडक बिस्तारमा डोजर लगाईएको थियो तर नगरपालिकाको डोजर जेसिबिमाथि ईँट ढुङगामुढा प्रहार गरि तोडफोड गरेको छ। दुईटा जेसिबीको सिसा फुटेको छ।

सडकमा घर परेको भन्दै नगर प्रमुख जयसवारले स्थानिय किशोरी यादवको घर र कम्पाउण्डमा डोजर चलाउने बितिक्कै दोहोरो झड़पसँगै ढुङङ्गामुढाको बाताबरण सूजना भएको थियो। झडपमा परि दुवै पक्षको दर्जन भन्दा बढी घरमा तोडफोड भएको घटमना स्थलले स्पष्ट हुन्छ।

घर तोडफोड झडप भईरहेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा भन्दा बचाउमा सिमित रहदा क्यौं प्रहरी समेत घाइते भएका छन्। शनिवार पनि ढुुङ्गा प्रहारबाट एक सइलाई चोोटपटक लागेको थियो।

दोहोरो ढुङ्गा हानाहानबाट पचरौता नगरपालिकाको नगर प्रहरी मंजय पंडित, विपेन्द्र यादव, अविनाश यादव लगायत घाइते भएका छন ।

झडपको मुख्य विवाद पचरौता नगरपालिकाको बड़ा न १ स्थित किशोरी प्रसाद रायको घरको अगाडीको फाराकिलो गरिन लागेको बाटोमा पर्ने घर र पर्खाललाई बताईएको छ। सडक विस्तारको दुबै तर्फ उनको जगा रहेको छ।

सडक विस्तारको लागि २० फिट निर्णय भएपनि २२ फिट सम्म फराकिलो बनाउन आफू तयार रहेको मेयर प्रत्यासी किशोरी यादवले बताएका छन्। तर जसरी पनि घरमा डोजर लगाई भत्काउने बदनियत अन्याय सहेर नबस्ने उनको भनाई रहेको छ।

आफु राजनिती गर्ने मान्छे हुँ र पुर्व गाविस मुखिया पनि भईसकेको छु। , बिकासको बाधक होईन् तर मेयर आफ्ना मान्छेको घरको अगाडी बाटो फराकिलो गर्दा सहमतिमा घर बचाउने गरि बाङ्गो पारेेर  एकतिर छाडने अर्को तिरबाट मिनहा हुने हिसाबले काम गरेकोमा विपक्षि ठानी पुरानो रााजनितिक रिसवी साधी हैकमवादी अनुचित रहेको उनको तर्क छ।

मेयर  सिंहले एलानी जग्गा कुनै पनि हालतमा एक ईन्च पनि नछोडने अडानमा रहेका छन् भन्ने दुवै तर्फ आफ्नो जग्गा हुदाहुदै बाटो फराकिलो बनाउन अर्को तर्फबाट दिईरहेको अवस्थामा जबरदस्ति भवन घरमा डोजर चलाई भत्काउन नदिन घर धनि किशोरी यादवको अडान रहेको अवस्था छ।

यस अघि अर्का तीन जनाले सडक विस्तार रोक्न अदालतमा निषेधाज्ञा मुद्दा दिएकोमा सो मुद्दा नै खारेज भएकोे मेयर सिंहले बतसए। धेेरैले घर टहरा पर्खाल हटाए सँगै बाटो नाला निर्माण हुँदै किशोरी यादवको घरसम्म पुग्दा अडचन थपिएको मेुर आरोप छ।

अब ९ वटा घर मात्रै हटाउन बाँकी रहेको र सडक विस्तारको लागि ६० वटा घर हटाई बाटो नीर्माण भईरहेको छ।

ऐलानी जग्गा खाली गराउने क्रममा गाँउको पुर्व पट्टि घर गोवास बनाएका करीब ७०/८० भन्दा घर खाली गराईसकेको छ। त्यसमा कतिपय मानिसको उठिबास भएपनि सडक विस्तारमा अवरोध नगरेकोमा नगरपालिकाको कानुन सबैको लागि बराबर हुने नगरप्रमुख जयसवारको धारणा रहेको छ।

यसैबिच कांग्रेस, जसपा , जनमत, एकीकत समाजवादी लगायत समिलित दलको नेता र जिल्ला  अध्यक्षको बैठक समिक्षाले घटना सत्य तथ्य छानबिन गरि दोषी उपर कडा कार्यवाहीको माग सहितको निणर्य गरेको छ।

वेलौली घटनामा नियोजित घटना बनाई सडकको लागि प्रयाप्त जग्गा हुदाहुदै घरमा डोनर चलाउनु दमनकारी नीति बन्द गर्न उल्लेख छ।  छलफल र वार्ताको माध्यमबाट सर्वदलिय बैठक बसाई उचित निकास मार्फत झगडा आपसी मनमुटाव सदाको लागि हटाउन अपिल गरिएको एकीकत समाजवादीका जिल्ला उपसचिव ध्रुव प्रसाद यादवले जानकारी गराएका छन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *