दलित संघर्ष समितीद्धारा बारामा ६० औं अन्तर्राष्ट्रिय जातिय विभेद दिवस मनाए

दाश पन्न्नालाल दाश पन्न्नालाल 211 Views

 संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

८ चैत, कलैया— पु्र्व मन्त्री कलावती पासवानले मूलधारमा समाहिय हुन राज्यको हरेक अंगमा दलित समुदायलाई आरक्षणको व्यवस्था गर्न माग गरेकी छिन्।

आज उधोग वाणिज्य संघ बाराको सभहलमा नेपाल दलित संघर्ष समिति द्धारा आयोजित ६० औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री पासवानले आरक्षण विना दलितको विकास सम्भव नहुने बताईन्

नेपालको झण्डै ६० लाख दलितलाई वेवास्ता गर्दै सरकारले दलितको हकअधिकार सुनिश्चित गर्न पहल कसमीमा चुकेको औल्याईन्।

नेपालमा कातिय विभेद छुवाछुत उन्मुलन गर्नका निमित संविधानमा व्यवस्था बमोजिम कानुन निर्माण भएपनि कार्यन्वयनमा चांसो नदेखाएको पुर्व मन्त्री पासवानले कानुनको कार्यन्वयनको लागि एकजुट भई दबाब दिन दलित समुदायहरु लाग्नुपर्ने बताईन्।

अहिले पनि विभिन्न बहानामा दलितहरु माथि विभेद अन्याय अत्याचार भईरहेको भन्दै त्यसलाई रोक्न पुर्व मन्त्री पासवानले माग गरिन्।
सोही कर्यक्रमलाई सम्बोधन गर्दै बारा नागरिक समाजका महासचिव हिरालाल साहले मनुवादी सोचले समाजमा रहेको जातिय विभेद चलाकीपुर्ण तरिकाले शोषण गर्नको लागि वर्ण व्यवस्था लादिएको हो।

यस्ता विकृति  विसंगतिलाई चिर्दै सभ्य समाज निर्माणको लागि सबैको हाथेमालोको जरुरी रहेको उनले बताए।

अहिले पनि दलित समुदायलाई हेर्ने दृष्टीकोणमा विभेद रहेको भन्दै महासचिव साहले अरु नागरिक सरह दलित समुदायलाई जीवन यापन गर्न मानविय धर्म र संवैधानिक अधिकार रहेको उनले जोड दिए।

यसैगरि दलित समुदाय सचेत हुनुको साथै विभेदका विरुद्ध अवाज उठाउन साहस गरे विभेद उन्मुलनको यो ६० औं अवसरमा परिवर्तन आईसकेको हुनेथियो। राज्यले दलितको मुद्दामा गम्भिरतापुर्वक  लाग्न जोड दिए।

संघर्ष समितिका अध्यक्ष शिवदयाल पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विरेन्द्र मलि, पत्रकार नरेश गुप्ता लगायतकाले दलितमाथि विभेद हटाउन जोड दिएका

थिए।

 

प्रतिक्रिया
Share This Article