संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
२७ फाागुन, कलैया — बारा प्रहरीले विभिन्न ठाँउबाट बिलबिजक भन्दा बढी समानको श्रोत खुलाउन नसकेका ४ लाख ३० हजार बराबरको समान सहित मोटरसाईकल नियन्त्रणम लिईएको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामाङ्गले बताएका छन्।
विशेष सूचनाको आधारमा यस कार्यालय मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले गाडीहरूलाई रोकी चेकजाँच गरेका थिए। सो क्रममा लाखौको समान सहित ९ वटा भारतिय मोटरसाईकल नियन्त्रणमा लिइ कार्यवाहीको लागि पठाईएको उनको भनाई रहेको छ।
जिल्ला प्रहरी कार्यालय बारा कलैयाले फागुन २५ गते ६ बजेको समयमा कलैया उपमहानगरपालिका – ५ स्थितमा चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको ७ थान भारतिय मोटरसाईकल अं. मुल्य रु. १ लाख ४० हजार बराबरको प्रहरी देखी मोटरसाईकल फाली फरार भएको प्रहरीले भनाई छ।
नियन्त्रणमा लिईएका BR29D2543 , BR06AH7812 , BR05AD5095, BR05J7703 , UPB5599 , BR30D8568 , BR28B5794 भारतिय नम्बर प्लेटको मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय विरगञ्ज पठाइएको छ।
यसैगरि, प्रहरी चौकी बरियारपुरले सोही दिन ०७ बजेको समयमा महागढीमाई नगरपालिका – २ इनर्वा टोल स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको BR05J9912 नम्बरको मोटरसाईकलमा लोड अं. मुल्य रु. ६४ हजार ६ सय ५० रुपैया बराबरको चिनि,खाने तेल, सरफ, साबुन प्रहरी टोलीलाई देखी उक्त समान सहित मोटरसाईकल समेत सोही स्थानमा फाली फरार भएका उक्त समानहरु सहित नियनत्रणमा लिईएको हो।
त्यस्तै, इलाका प्रहरी कार्यालय सिम्रौनगढ फागुन २४ गते अं. बिहान ३ बजेको समयमा सिम्रनगढ नगरपालिका – ६ अमरपुर टोल स्थितमा भारतबाट नेपालतर्फ भंसार छली ल्याउदै गरेको BR05T1927 नम्बरको मोटरसाईकल लोड अं. मुल्य रु.२ लाख २६,हजार बराबरको सिलिकन कपडा, भेष्ट, हाल्फ सर्ट ईत्यादि प्रहरी टोलीलाई देखी उक्त समानहरू सहित मोटरसाईकल फाली मानिस फरार रहेकोले नियन्त्रणमा लिईएको हो।
चेक जाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ४ लाख ३० हजार ६ सय ५० रुपैया बराबरको विभिन्न समानहरू सहित मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय विरगञ्ज,पर्सामा पठाइएको प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी विजय राज पण्डितले जानकारी गराएका छन्।