सवारी दुर्घटनामा मोसा चालक यादवको मृत्यु

दाश पन्न्नालाल
1 Min Read

 संवाहक 

अनलाईन / राष्ट्रिय दैनिक

२३ फाागुन, कलैया––  आज विहान सावा तीन बजे भएको सवारी दुर्घटनामा परि बारामा एक जनाको मृत्यु भएको छ।

कलैया उपमहानगरपालिका- १४ बघवनमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहटका बिजयपुर लक्ष्मिनिया नगरपालिका – ५ बरगिनिया बस्ने अं. वर्ष ३५ का अनिल प्रसाद यादव रहेका छन्।

कलैया उपमहानगरपालिका स्थित बघवनमा बरियारपुरबाट कलैया तर्फ आउदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको ना ३९ प ७३६७ नं.को मोटरसाईकल एक आपसमा ठोकिएको हो।

बसको ठक्करबाट मोटरसाईकल चालक यादव घाईते भएकोमा प्रादेशिक अस्पताल कलैयामा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको बारा प्रहरी पवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले जानकारी गराएका छन्।

मृतक मोटरसाईकल चालक यादवको शव प्रादेशिक अस्पताल कलैयाको शव गृहमा राखिएको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *