प्रकृति लम्सालको शंकास्पद मृत्यु र कीट विरुद्ध विरगंजमा विद्यार्थीद्धारा मौन जुलुस

दाश पन्न्नालाल
2 Min Read

संवाहक 

अनलाईन/ राष्ट्रिय दैनिक

१० फागुन, वीरगञ्ज — भारतको ओडिसा स्थित किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विरोधमा पर्साको वीरगञ्जमा शुक्रबार नेपाली विद्यार्थीहरूले मौन जुलुस निकाली विरोध प्रदर्शन गरेका छन् ।

मृतक छात्रा लम्सालको आत्महत्या वा हत्यालाई किटले ढाकछोप गर्दै आएकोले निशपक्ष छानबिन तथा नेपाली विद्यार्थीलाई निकालिएकोमा विरोद्ध प्रदर्शन नेपाल लगायत भारत सहित विदेशमा समेत निन्दा विरोद्ध हुँदै आएको छ।

भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत छात्रा लम्सालको न्यायको माग गर्दै उक्त किट विश्वविद्यालयबाट निष्कासित भएका झन्डै ५० भन्दा बढी विद्यार्थीहरु समेतको सहभागीमा उक्त मौन जुलुस प्रर्दशन गरिएको हो ।

सो अवसरमा वीरगञ्जका विभिन्न निजी शैक्षिक संस्थाका विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागीता रहेको थियो ।

जुलुशमा विद्यार्थीहरुले हातमा कालो पट्टि बाँधेर मुखमा कालो मास्क लगाएर अन्यायको विरोध गर्दै विद्यार्थीहरूले वीरगञ्जमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका थिए ।

वीरगञ्ज स्थित घण्टाघर चोकबाट सुरु भएको मौन जुलुस माईस्थान,आदर्शनगर,नगरपालिका चोक हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर समापन गएिको थियो ।

गत फागुन ४ गते २० वर्षीय प्रकृति लम्साल किट विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटनालाई शङ्कास्पद ठान्दै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध आवाज उठाएपछि उनीहरूलाई दबाब दिने र कलेजबाट निष्कासित गरेको एक विद्यार्थीले बताईन ।

विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई ज्ञापन पत्र बुझाउँदै नेपाली विद्यार्थीहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न जोड दिए छन ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *