मालपोत नापी अधिकृत सहित आठ जना विरुद्ध अकतियारद्धारा भ्रष्टाचार मुद्दा दायर

संवाहक

अनलाईन / राष्ट्रिय दैनिक

९ पागुन, काठमान्डौ–– अख्तियार दुरुपयोग आयोगद्धारा १ कठा जगालाई तीन कठा बनाई किनबेच गर्ने मालपोत बाराका अधिकृत,नापी अधिकृत सहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग आयोगले बिहीबार उनिहरु विरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुदा दायर गराएको सहायक प्रबक्ता देवि प्रसाद थपालियाले जानकारी  गराए ।

अख्तियारले मालपोत कार्यालय बाराका मालपोत अधिकृत सुमन प्रसाद चौधरी,तत्कालीन नायब सुब्बा बुधन प्रसाद यादव,नापी कार्याल बाराका तत्कालीन नापी अधिकृत हाल अवकाश प्राप्त दिनानाथ मिश्र,तत्कालीन सर्वेक्षक हाल नापी कार्यालय पर्सामा कार्यरत नापी अधिकृत शिव बालक शाह,नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनिल कुमार झ,जितपुर सिमरा वडा नम्बर -१३ का लेखापढि ब्यावसायी जयलाल सहनी,जग्गाधनी वडा नम्बर -१५ बस्ने सुदामा प्रसाद चौधरी थारु र रामपती देवि थरुनी विरुद्ध अख्तियारले भ्रष्टाचार मुदा दायर भएको हो।

मुदा दायर भएकाहरुले मिलेमतो गरि बाराको साविक डुमरवाना गा.वि.स. वडा नं. ६ क को क्षेत्रफल ज.बि. ०-१-० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-३-१० कायम गरी बिक्री गरेको अख्तियारको भनाइ छ ।

त्यस्तै क्षेत्रफल ज.बि. ०-२-१० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०-६-० कायम गरी नापी कार्यालय,बारा र मालपोत कार्यालय,बारा समेतको मिलेमतोमा श्रेस्ता पूर्जा तयार गरी ठगी गरेको अनुसन्धानको क्रममा देखिएको अख्तियारले जनाएको छ ।

सबै जनालाई भ्रष्टाचार निवारण ऐन अनुसा जनही एक लाख पचास हजार जरिवाना र कैद हुन मागदाबी लिइएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *