संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
६ फागुन, कलैया–-बारा प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका ६ जना फरा प्रतिवादीहरूलाई पक्राउ गरी बारा जिल्ला अदालत, कलैयामा दाखिला गरीएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बारा कलैया उपपहानगरपालिका – २ का रामबाबु यादव चेक अनादर मुद्दामा दुई हजार जरिवानांमा, . बारागढी गाउँपालिका ५ सिहासनीका हरिलाल चौधरी सवारी ज्यान मुद्दामा ३ महिना कैदमा, चेक अनादर मुद्दामा ३ महिना कैदमा कलैया उपमहानगरपालिका – २७ बिजुलपुरका सुनिल किशोर पाण्डे रहेका छन्। ।
त्यसैगरि,जितपुर सिमरा उपमहानगरपालिका – २० बस्डिलवाका शेख खुर्सिदलाई चोरी मुद्दामा २० कैद सहित एक हजार जरिवानामा , सुवर्ण गाउँपालिका – २ का सन्तोष यादवलाई लेनदेन मुद्दामा र महागढीमाई नगरपालिका – ३ बरैयाटोलका शेषनाथ प्रसाद साह तेलीलाई चेक अनादर मुद्दामा तीन हजार जरिवानामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष तामाङ्गले बताएका छन् ।
प्रहरी कारवाहीको सिलसिलामा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका मुद्दामा बरदात पश्चात फरार रहेका थिए।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनिहरुलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट हिजो र आज गरि दुई दिनमा पक्राउ गरीएका उनिहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कलैयामा दाखिला गरिएको बारा प्रहरीका सूचना अधिकारी एवम् प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।