क्रिएटिभ वल्ड डिजिटल प्राइभेट लिमिटेडमा पाइने सामान खरिद गर्न जाने ग्राहकहरुले कुनैपनि इलेक्ट्रिक सामान खरिद गरेपछि सामानको कुल रकमको ३५ देखि ४० प्रतिशतसम्म मुल्य डाउन पेमेन्ट गर्नुपर्दछ भने बाँकी रहेको ६० देखि ६५ प्रतिशतसम्म रकम किस्ताबन्दीको रुपमा महिनावारी तिर्न सक्नेछन् । महिनावारी रुपमा तिर्ने शुल्क भने सामानहरुको कुल मुल्यको ३५ देखि ४० प्रतिशतसम्म डाउन पेमन्टपछि कति रकम आउँछ, त्यसको आधारमा निर्धारण हुने क्रिएटिभ वल्ड डिजिटल प्रा. लि. ले जनाएको छ ।
किस्ताबन्दीमा सामानहरु उपलब्ध गराई ग्राहकलाई सुविधा दिनको लागि यो अफर ल्याइएको क्रिएटिभ वल्ड डिजिटल प्रालिका प्रोपाइटर कमल बाबू चौधरीले बताउँछन् । ‘आज सामान लिनुस्, भोलि पैसा तिर्नस् ’ भन्ने मुलमन्त्रका साथ सचांलित क्रिएटिभ वल्ड डिजिटल प्रालिमा इलेक्ट्रिक सामानहरुमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर, ओभन, मिक्सर, ग्राइन्डर, फ्यान र सिसिटिभी लगायतका विभिन्न आफैंले उत्पादन गरेको सामानहरु पाइन्छन् ।
गुणस्तरीय अनि भरपर्दो सामानहरु सुलभ मुल्यमा पाइने क्रिएटिभ वल्ड डिजिटल प्रा. लि. का सामान देशका विभिन्न शहरहरुमा पनि शाखा विस्तारको योजना बनाएको छ ।
सामान्यदेखि उच्च स्तरका सबै इलेक्ट्रिक तथा फर्निचरका सामानहरु पाइने क्रिएटिभ वल्ड डिजिटल प्रा. लि.बाट बिना झन्झट किस्ताबन्दीमा सामान किनेर घरलाई गुणस्तरीय सामानहरुले सजाउन चाहाने ग्राहकहरुलाई सहज हुने प्रोपाइटर चौधरीको विश्वास रहेको छ । दिनमा एउटा ग्राहकले एक सय रुपैयाँ जोगाएर राख्न सके आनन्दले सामान खरिद गर्न सक्छन् । सामान्य र मध्यम आय भएका ग्राहकहरुदेखि उच्च स्तरको आय भएका ग्राहकहरुले पनि सहज रुपमा सामान किन्न सहज बनाउनको लागि किस्ताबन्दीको धारणा ल्याएको क्रिएटिभ वल्ड डिजिटल प्रालिकाको दाबी छ।
त्यसै अन्तरर्गत क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कलैयाले आफ्नो ग्राहकलाई वितरण गरेको एलइडीको अन्तमी किस्ता मंगलबार सम्पन्न गरेको छ । ६ हजार नौ सय ९९ जना ग्राहकलाई समावेश गरी चलाएको २५ औं किस्ता सम्पन्न भएको हो । एक जनालाई कार उपहार परेको हो ।
कस्तो कम्पनी हो , क्रिएटिभ ?
क्रिएटिभ एक बहुप्रतिष्ठीट कम्पनी हो , जो ईलेक्ट्रोनिक सामानलाई एसेम्बल गरी आफै नाम दिएर सामान वितरण गर्ने गरिन्छ । क्रिएटिभले एलईडी , फ्रिज लगायतका ईलेक्ट्रोनिक्स सामानहरु विक्रेतालाई विक्रि नगरी डाईरेक्ट ग्राहकलाई वितरण गर्ने गरेको छ । सिधै ग्राहकलाई बिक्री गर्दा अन्य कम्पनी भन्दा कम मूल्य पर्ने क्रिएटिभ वल्ड डिजिलट प्रा.ली. का संचालक कमल बाबु चौधरीले दावी रहेको छ ।
क्रिएटिभले संचालनमा ल्याएका आफ्ना उत्पादित सामानहरु किस्ताबन्दीमा सिधै ग्राहकलाई वितरण गर्ने गरेको छ। क्रिएटिभले २७ हजार पाँच सयमा ४२ ईन्चको एलइडी टिभी बिक्री गरिन्छ । तर ग्राहकलाई किस्ताबन्दीमा दिदाँ प्रत्येक महिना एक हजार सात सय ५० रुपैया मात्र लिने गरेको उनको भनाई छ।
कसरी दिईन्छ पुरस्कार ?
क्रिएटिभले छ हजार नौ सय ९९ जना ग्राहक बनाई ग्राहकको मन जित्नका लागि ग्राहकलाई २५ औं किस्ता सम्म बम्पर उपहार दिने गरेको हो । प्रत्येक महिनामा गोलाप्रथाबाट उपहार दिने गरेको क्रिएटिभका संचालक चौधरी सुनाउनु छन् ।
उपहारलाई पहिलो , दोस्रो र तिन चरण गरी तिन चरणमा विभाजन गरीएको छ । पहिलो चरमा ६ हराज नौ सय ९९ जना ग्राहकलाई समावेश गरी गोला प्रथाबाट चयन गरिन्छ । जसमध्ये ५० जनालाई मोटरसाईक , स्कुटर तथा सुन पर्ने गरिन्छ । ति ग्राहकलाई अर्को किस्तामा समावेश नगर्ने कम्पनीको नियम रहेको छ । २४ औं किस्ता सम्म पाँच सय ७५ जना पर्ने गरेको हो । जो डब्ब पुरस्कार लिनेमा पर्नुहुन्छ । त्यसैगरी ६० जना ग्राहक तिन लाख मूल्य बराबरको सामानबाट पुरस्कृत हुने रहेको छ । त्यसैगरी ७७ जना ५५ हरा देखि १ लाख पचाँस हजार मूल्य बराबरको सामानबाट पुरस्कृत गरीने गरेको कम्पनीले जनाएको छ । दोस्रो चरणमा छ हजार नौ सय ३८ जनालाई पुरस्कृत गरी बाहिरीने व्यवस्था रहेको छ । र तेस्रो किस्तामा १० जना मात्र बाहिरिने छ । र अन्तमीमा केही नपर्ने व्यक्ति नै लाई नै कार पर्ने गरेको हो ।