संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
४ फाागुन, कलैया — बाराको सदरमुकाम कलैया स्थित सुधार केन्द्रखो रुपमा संचालित नव जन्म पुनस्थापना केन्द्रमा २ फागुनको मध्यराती २ बजेको समयमा प्रदिप प्रसाद मण्डलको कुटपीट गरी हत्या भएको प्रहरीले पुष्टि गरेको छ।
कलैया उपमहानगरपालिका – ३ भवानीपुर बस्ने फुल महमद मन्सुरको छोरा अं.बर्ष २२ को साहेब बाबु मन्सुरले वडा नं – १ मा उक्त सुधार केेन्द्र संचालन गरेको हो।
मण्डलको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरि ज्यान मारने मुद्दा चलाई सकेको छ बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक संतोष तामाङ्गले बताएका छन्। सिसिटिभि फुटेज लगायत दशि प्रमाणले मृतक मण्डलको हत्या भएको पुष्टि हुन्छ प्रउ तामाङ्गले बताए।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका – ३ बस्ने असलम मन्सुरको छोरा वर्ष १९ को सरफराज मन्सुर, ऐ वडा नं. ४ बस्ने शिव कुमार सरार्फको छोरा बर्ष २२ को निरज सरार्फ र ऐ वडा नं. ६ बस्ने मुकाबिल मियाँको छोरा वर्ष २० को राहुल भन्ने महमद आँशु मिया शेख रहेका छन्।
त्यस्तै , कलैया उपमहानगरपालिका- १ बस्ने कृष्ण साह सोनारको छोरा वर्ष २४ को अरूण सरार्फ ,कलैया उ.म.न.पा वडा नं. २ बस्ने शिव शंकर प्रसाद साहको छोरा वर्ष २१ को प्रमेश्वर साह, कलैया उ.म.न.पा. वडा नं. ३ बस्ने फुल महमद मन्सुरको छोरा वर्ष २९ को तमन्ना अली र
कलैया उ.म.न.पा.वडा नं. – १ बस्ने प्रकाश साहको छोरा वर्ष १९ को सागर गुप्ता प्रहरी हिरास्तमा रहेका प्रहरीले जनाएको छ।
घटना प्रकरण:
नवजन्म पुनस्थापना (सुधार) केन्द्र कलैयामा १५ दिन अगाडी देखि कलैया उपमहानगरपालिका – ९ का रामपुरटोल बस्ने हिरालाल प्रसाद धानुकको छोरा अं. वर्ष ३७ को धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डल उपचारको लागि भर्ना रहेका थिए।
गत २ फागुन राती २ बजे उक्त सुधार केन्द्रमा रहेका मानिसहरू तथा कर्मचारीहरुसँग वादविबाद गरेको भन्ने बहानामा मृतक मण्डललाई सुधार केन्द्रमा रहेका मानिसहरु तथा कर्मचारीहरू समेत मिलि मरणासन्न हुने गरी कुटपिट गरेका थिए।
कुटपिट गरी उपचारको लागि भनि कलैया सिटी अस्पताल कलैयामा लगेको र थप उपचारको लागि भनि प्रादेशिक अस्पताल कलैयामा लगे पश्चात चिकित्सकले चेकजाँच गर्दा प्रदिप प्रसाद मण्डलको मृत्यु घोषणा गरेको प्रहरीको विज्ञप्तीमा उल्लेख गरिएको छ।
घटनाबारे जानकारी जिल्ला प्रहरी कार्यालय बारालाई प्राप्त भए पश्चात तत्काल घटना स्थलमा प्रहरी टोली खटिइ गई उक्त घट्नासँग सम्बन्धित दशि प्रमाण समेत संकलन गरी सो घट्नामा संलग्न रहेका ७ जनालाई तत्काल पक्राउ गरीएको प्रहरीको भनाई रहेको छ।
कारवाही प्रकृया:-
र सो घटनामा ९ जना उपर किटानी जाहेरी परेकोमा तत्काल पक्राउ परेका ७ जनालाई फागुन २ गतेबाट लागु हुने गरी बारा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर मुद्दा शीर्षकमा ७ दिन को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको र अन्य फरार आरोपितहरूको खोज तलास भईरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गरएका छन्।