संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
२ फागुन, कलैया— बाराको कलैया स्थित सुधार केन्द्रमा एक जनाको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नं. ९ रामपुर बस्ने हिरालाल मण्डलको छोरा ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक संतोष तामाङ्गले जानकारी गराएका छन्।
शव पोष्टमर्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। शव परिक्षण पश्चात् मृत्यु बारे थप प्रष्ट हुने उनले बताए। घटनामा संलग्न देखिएकालाई नियन्त्रणमा लिई सुक्ष्म अनुसन्धान भईरहेको प्रउ तामाङ्गले बताए।
साथै बारामा यस्ता सुधार केन्द्र खोलिएकाहरु संचालकको दुर्व्यसनीसँग गरिने व्यवहार अव्यवहारिक भएकोले यस घटनासँगै अन्य ठाँउमा रहेका सुधार केन्द्रको अनुगमन निरिक्षण गर्ने उनले बताए।
मृतक मण्डल कलैया उपमहानगरपालिका – १ बैंक रोडमा रहेको नव जन्म पुन स्थापना केन्द्रमा १५ दिन देखि भर्ना रहेका थिए।
मृतकका बुबा हिरालालले छोरालाई सामुहिक रुपमा कुटपिट गरि हत्या गरेकिले हत्यारालाई कडाभन्दा कडा कारवाहीको गुहार लगाए छन्। पिडित परिवारजनले सिसिटिभि फुटेजमा स्पष्ट देखिन्छ क कसले कसरी मारेको हो मृतक मण्डलका दाईले भने।
मण्डल र त्यहाँ रहेका मानिस विच वादविवाद हुदा सो विवादमा मण्डललाई कुटपिट गरेका थिए।
त्यसपछि घाइते भएका मण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको र अस्पतालमा चिकित्सकले मण्डललाई मृत घोषणा गरेको हो।
सो पुनस्थापना केन्द्र बारा कलैया उपमहानगरपालिका वडा नं ३ भवानिपुर बस्ने २२वर्षीय साहेब बाबु मन्सुरले सञ्चालन गरेका हुन्।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा सात जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी गराएका छन्।
अनुसन्धानको लागि प्रहरीले राती नै घटना थाहा पाए लगतै मान्छे पक्राउ गरि छानबिन थालेको छ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका – ३ का १९ वर्षीय सर्फराज मन्सुरी, वडा नं – ४ का २२ वर्षीय निरज सरार्फ,कलैया – ६ का २० वर्षीय राहुल भन्ने महम्मद आशु मिँया शेखलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैगरि, कलैया- १ का २४ वर्षीय अरुण सरार्फ,कलैया- ३ का २२ वर्षीय साहिल अलीलाई समेत सो घटनामा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
कलैया वडा नम्बर २ का २१ वर्षीय प्रमेश्वर साह, सुरज शेख, वडा नं- ३ का २९ वर्षीय तमन्ना अली, वडा नं -१ का १९ वर्षीय सागर गुप्तालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको बताईए पनि जिल्ला प्रहरी कार्यालयका निमित सुचना अधिकारी श्रेष्ठले सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जानकारी गराएका छन्।