संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
२९ माघ, कलैया — विशेष सूचनाको आधारमा पथलैया र सिमरा प्रहरीको संयुक्त प्रयासमा आज बिहान साढे ७ बजेको समयमा पथलैया चोकबाट १३ किलो लागू औषध अफिम र एक लाख भन्दा बढी नगद सहित २ जनालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
हेटौडाबाट वीरगंज तर्फ जादै गरेको प्रदेश २ ०३-००१ प १६१४ नम्बरको स्कुटीबाट सो परिमाण बराबरको अफिमर र नगद सहित दुई जनालई नियन्त्रणमा लिईएको पथलैया प्रहरी चौकीका प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीले बताएका छन्।
पक्राउ पर्नेमा स्कुटी चालक मकवानपुरका मनहरी गाउँपालिका – ६ बस्ने बर्ष ५४ को सुर्य बहादुर मोक्तान र पछाडी सवार मकवानपुरका कैलाश गाउँपालिका – ८ बस्ने अ.बर्ष ४५ को भिम बहादुर मोक्तान रहेका छन्।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चोक स्कुटीलाई रोक्न खोज्दा नरोकी फरार भएको थियो।
उक्त स्कुटीलाई ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पच्छयाउदै जितपुरसिमरा – २ सुर्य नेपाल अगाडी समातिएका थिए।
चेकजाँच गर्दा स्कुटीको डिक्की भित्र लुकाई छिपाई लगी रहेको १३ किलो लागू औषध अफिम जस्तो पदार्थ (१३ गोला) र नगद रू. १ लाख ३३ लाख ६ सय ५५ रुपैया वरामद गरी स्कुटी चालक र पछाडी सवार २ जना समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।