संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
२९ माघ, कलैया —
बारा प्रहरीले साढे १७ लाख बराबरको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ।
गएराती ११:५५ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब उपरिक्षक रोशन अधिकारीको कमाण्डमा खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौक स्थितमा वीरगंजबाट काठमाणडौँ तर्फ जादै गरेको प्र.३-०२२ च ३५५५ नम्बरको पिकअप गाडीलाई चेेकजाँच गरेका थिए।
चेकजाँच गर्दा बिल बिजक भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. १७ लाख २३ हजार २६ रूपैया बराबरको पिकअपमा लोड रहेको मोटर पार्टस, कम्प्युटर पार्टस, औषधी, मोबाईल पर्ट लगायत अन्य समानहरू समेत पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।