संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
२३ माघ, कलैया– इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक सुरेश राज भट्टको कमाण्डमा प्रहरीले ९ किलो २ सय ग्राम लागू औषध गाँजा सहित १ पुरूष र २महिला गरी ३ जना प्रहरीको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा आज बिहानै अं.०७:४० बजेको समयमा प्रसौनी गाँउपालिका – २ स्थित बजार टोलबाट भलुही तर्फ पैदल जादै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बारा प्रसौनी गाँउपालिका – २ प्रसौनी बस्ने बागर मुखियाको श्रीमती अं.बर्ष ५५ कि रम्भा देवी मुखियाको साथमा अं.३ के.जि १ सय ४१ ग्राम , सोही ठाँउ बस्ने निजको छोरा अं.बर्ष ३८ को जोगिन्द्र मुखियाको साथमा अं.२ के.जी.६ सय ४३ ग्राम र पर्सा बिन्दाबाशिनि गाँउपालिका – २ गर्दौल बस्ने जंगली मुखियाको श्रीमती अं.बर्ष ६० की ममता देवी मुखियाको साथबाट अं.२ के.जि.६ सय ५९ ग्राम र ७ सय ९८ ग्राम झोलामा रहेको लागू औषध गाँजा ९ किलो २ सय ग्राम सेतो प्लाष्टिकमा प्याक गरीको ३ पोका बरामद गरिएको प्रहरीको दाबी छ।
पक्राउ गरि शरिर खानतलासि गर्दा ३ जनाको कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका अं.९ के.जि.२ सय ग्राम प्लाष्टिक सहित लागू औषध गाँजा बरामद गरी ३ जना मानिस सहित नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।