संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
२३ माघ, कलैया– बाराको महागडछीमाई स्थित गंजभवानीपुर प्रहरी चौकीको सक्रिय अभियानको करवाहीको सिलशिलामा करिब २ हजार लिटर अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको बारा प्रहरीले जनाएको छ।
माघ २१ गते साढे २ बजेदेखि करिब १ बजेसम्म प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका – ०३ र १० वडा स्थित ३ स्थानमा सञ्चाल गरेको अबैध मदिरा भट्टी नष्ट गरिएसँगै उत्पादित मदिरा तथा कच्चा पदार्थ समेत नष्ट गरिएको हो।
नष्ट घरेलु मदिरा तथा उत्पादन गर्न तयारी मदिरा २ सय लिटर अं. मुल्य रू. २० हजार र कच्चा पदार्थ १ हजार ८ सय लिटर अं. मुल्य रू. ९० हजार बराबरको रहेको बताईएको छ।
रक्सी उत्पादनका सामग्री भट्ठी संख्या -३ ,सानो ड्रम – ५ ठुलो ड्रम- २ नियन्त्रणमा लिई भट्ठी समेत नष्ट गरिएको प्र्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी गराएका छन्।