संवाहक
अनलाईन / राष्टरिय दैनिक
२३ माघ, कलैया— विशेष सुचनाको आधारमा पथलैया र अमलेखगंज प्रहरीले सावा ६४ लाख बराबरको समान सहित गाडी प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजले आज साडे ९ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – २१ अमलेखगंज चौक स्थितमा बिरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ८३०५ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.४१ लाख ८६ हजार ३० सय बराबरको wire,toweler,tyre,plywooel jail, led light, नेपाली कपडा र चिनी लगायतका अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिईएको हो।
त्यसेगरि, १ बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका – – २१ अमलेखगंज चौक स्थितमा बिरगंज बाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.२-०३-००१ च ०७७५ नं. को पिकअपलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.२१, लाख ७४ हजार ८ सय बराबरको brass utensil-४७ बोरा सहित पिकअप नियन्त्रणमा लिईएको बताईएको छ।
त्यस्तै, प्रहरी चौकी थलैयाले आजै राति ६ बजेको समयमा जितपुर सिमरा उप-महानगरपालिका – .१ पथलैया चौक स्थितमा यस कार्यालयबाट प्रहरी बरिषठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले गौर बाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख १४६३ नं. को बसलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.६१ हजार ३ सय ५० रूपैया बराबरको ४ कार्टुन चार्जर र डाटाकेवल समानहरू नियन्त्रणमा लिईएको छ।
गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६४ लाख २२ हजार ४ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित १ ट्रक १ पिकअप नियन्त्रणमा लिई आवश्यक कारवाही बढाईएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन्।