संवाहक
अनलाईन/ राष्ट्रीय दैनिक
२१ माघ, कलैया —बारा प्रहरीले जिल्लाको विभिन्न ठाँउबाट चेक जाँचको क्रममा करीब ४० लाख बराबरको समान सहित मिनि ट्रक प्रहरीले नियन्त्रणम लिईएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी पथलैयाको ईन्चार्ज प्रहरी बरिष्ठ नायब उपरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले माघ २० गते राति अं.११: ५५ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका – १ पथलैया चौक स्थितमा विराटनगरबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०१-०२-००१ ख ८०८६ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.३८ लाख,१६ हजार ७ सय ६० रुपैया बराबरको इलेट्रिक सामन, कपडा, कफि लगायत अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यसैगरि, प्रहरी चौकी बरियारपुरका प्रहरी नायब निरिक्षक दल बहादुर श्रेष्को कमाण्डमा खटिएको प्रहरीटोलीले माघ २० गते बिहान साढे ११ बजेको समयमा महागढीमाई नगरपालिका – २ ईनर्वा चोक स्थितमा तेलकुवाबाट बरियारपुर तर्फ जादै गरेको ना ७ ख ३४३९ नम्बरको मिनि ट्रकमा लोड अ.७ हजार के.जी.आलु अ.मु.१ लाख ६८ हजार बराबरको आलु सहित मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ।
विशेष सूचनाको आधारमा गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ३९ लाख ८४ हजार ७ सय ६० रूपैया बराबरको विभिन्न समानहरू सहित २ वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी प्रवक्ता सुचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जनकारी गराएका छन्।