गढीमाई मन्दिर परिसरमा परेवा समाउन नदिएको निहुँमा नगरप्रहरीसँगको विवादलाई लिएर आज विवाह मण्डपमा विरोध प्रदर्शन, तनाव ग्रस्त स्थिति साम्य बन्दै

दाश पन्न्नालाल
3 Min Read

ॐसंवाहक

अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

४ माघ, महागढीमाई बरियारपुर—   गढीमाई मन्दिर परिसरबाट परेवा समात्ने गिरोहलाई रोक्न नगर प्रहरीले बल प्रयोग गरेपछि दुई पक्षविच आज तनाव सृजना भएको छ। मन्दिर परिसरमा रहेका विबाह मण्डप परेवा समात्न पाउने पक्षधरले विरोध सहित घेेराबन्दीको दृश्य परिणत रहेको अवस्था देखा परेको छ।

विश्वचर्चित गढीमाई मेला मंसिर १ देखि लाग्देै आएको देखि अस्ति माघ १ गते लागेको माघे संक्रान्तिको मेलामा पचासौ लाख आगन्तुक श्रद्धालुहरुले असंख्यक परेवा उडाएका थिए। जिउदो संरक्षणको अगामी मेलासम्म सुरक्षित रहनु पर्छ, योजना र धार्मिक मान्यतालाई शान्तिका प्रतीक परेवा उडाउदै आएको हो।

नगर प्रमुख यादवको योजनामा परेवा संरक्षणको लागि तिनका बास स्थानका निम्ति खोप बनाई मन्दिर परिसरमा ठडयाईएको छ।  अर्कातिर परेवा धपाउन उद्दत गिरोह सक्रिय रहेको देखिन्छ, त्यही विवादले ठुलो उग्र रुप लिएपछि स्थानिय र नगरपालिकाबीच स्थिति तनाग्रसत भई समाजिक संजालमा समेत नानाथरिका सुचना प्रवाहले तातेको छ।

महगढीमाई नगरपालिकाअन्तर्गत वडा नम्बर-१ बरियारपुरको शक्तिपीठ गढीमाई मन्दिर परिसर शुक्रबार बिहानैदेखि तनावग्रस्त बनेको छ।

मेयर उपेन्द्र यादवको भनाई अनुसार मन्दिरमा हिन्दु आस्थालाई वेवास्था गर्दै केही गैर धार्मिक केटाहरु मन्दिरमा आएर संरक्षणमा रहेको परेवा समाउने चोर्ने सँगै पर्खाल तोडफोड गरि क्षति पुर्याएकोले नगरप्रहरीले रोक्न ब प्रयोग गर्नु परेको हो, सोही विषयलाई लिएर केहीले मान्छे उचालेर विरोध गराउन खोजेको हो।

तर, मेलाको कार्यालय विवाह मण्डप मै रहेकोले छलफलको लागि बसेको वेला हुलहुज्जत गर्ने खोजेेको हो, उनले भने मन्दिर परिसर हो भर्खरै मेला सकिएको छ, बाह्य नराम्रो संदेश जान्छ त्यसैले मैले नगर प्रहरी लगायतलाई संयमित रहन भनेको हो।यसलाई घेेराबन्दी भन्नु अतिरञ्जित र सुनियोजित घटना हो , मेयर यादवले बताए।

मेयर उपेन्द्र यादव विवाह मण्डपमा स्थानीयको विरोध प्रदर्शन र घेराबन्दीमा परेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको कमान्डमा थप टोली परिचालन गरिएको छ ।

स्थानियका अनुसार बरियारपुरका ४ /५ जना कम उमेर समुहका बालकहरूको समूह बिहीबार साँझ मन्दिर परिसरमा पुगेर मन्दिरको परेवा समात्न खोजेपछि नगर प्रहरीले कुटपिट गरेका आरोप लगाएका छन्।

सोही घटनालाई लिएर आज विहानै एउटा समूह मन्दिर परिसरमा पुगेर नगर प्रहरीसित वार्तालाप गर्न गएका बेला तिनीहरूबीच झन् विवाद बढेको थियो । घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन भएको र अहिले स्थिति समान्य रहेको प्रहरीले जनाएको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *