मेयर यादव सहित ४ महिला गरि ५२ जनाद्धारा रक्तदान, रक्तदानले ज्यान जोगाउन महत्वपुर्ण भुमिका छ- मेयर यादव

दाश पन्न्नालाल
2 Min Read

संवाहक

अनलाईन / राष्ट्रिय दैनिक पत्रिका

 २५ पुष, महागढीमाई बरियारपुर—- महागढीमाई नगरपालिकाका  नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रगतको अभावमा अकालमै हुने मृत्युबाट ज्यानलाई जोगाउन रक्तदानको महत्वपुर्ण भुमिका रहेको बताएका छन्।

जनजागरण युवा क्लब बाराले आफनो २७ औ वार्षिकोत्सवको अवसरमा  महागढीमाई नगरपालिका र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनमा बुधबार गढीमाई मन्दिरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रमको उदगाटन गर्दै यस्तो बताएका हुन्।

रक्तदान जीवन दान मुल नाराका साथ मानव कल्याण हेतु सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्ति, शैल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई रगतको अभावले गर्दा अकाल्मै ज्यान गुमाउनु परेको बाध्यताबाट जोगाउन मेयर यादवले रक्तदान गरी जिवनदान गर्नुपर्ने बताएका हुन्।

मानव कल्याण कार्यमा जेजेवाईसीसंगको सहकार्यमा महागढीमाई नगरपालिका कांधमा कांध मिलाएर अगाडी बढने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।


जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जनचेतना फैलाउन उद्देश्यले रक्तदान कार्यक्रम शहरी क्षेत्रमा नगरी ग्रामिण भेगमा आयोजना गरिएको बताएका छन्।

अहिले पनि ग्रामिण भेगका मानिसहरुले रक्तदानले गर्दा कमजोरी हुने, विभिन्न किसिमका रोगहरु हुने अबुझ मानसिकतामा रहेकाले ति भ्रमहरुलाई चिर्न ग्रामिण भेगमा रक्तदानको आयोजना गरिएको उनले भने ।
सो अवसरमा जीवन दानको लागि मेयर यादव सहित  ४ महिला गरि ५२ जनाले  रक्तदान गरेका हुन्।

आयोजित रक्तदान कार्यक्रममा गंगा थापा, रिना कुमारी, मिना गुप्ता, नरेश साह, अवधेश प्रसाद यादव, पवन सहनी, शशिकान्त कुशवाहा
, नवराज घिमिरे, मुन्द्रिका चौरसिया, रमेश सिंह, सुरज गुप्ता, दिलिप कुमार साह, सुरेश यादव, राहुल गुप्ता, प्रकाश गुप्ता, चन्दन साह, राजेश यादव लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा जेजेवाईसी बाराका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा.श्रीनिवास बैठा र सहजीकरण लक्ष्मी खरेलले गरेको थिईन भने प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगन्जको रहेको बताईएको छ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *